सञ्चार तथा सूचना प्रविधिमन्त्री पृथ्वीसुब्बा गुरुङलले सरकारले ल्याएको विधेयकमाथि सांसदहरूले अध्ययन नगरी छलफलमा सहभागीभ एको भन्दै टिप्पणी गरेका छन्।
बुधबारको प्रतिनिधिसभाको बैठकमा केही नेपाल ऐन संशोधन गर्ने बनेको विधेयक–८१ माथि छलफलका क्रममा उठेका प्रश्नको जवाफ दिने क्रममा उनले अध्यादेशबारे प्रतिपक्ष दलले पूर्वाग्रहपूर्ण हिसाबले भ्रमको खेती गरेको बताएका हुन्।
गुरुङले सरकारले ल्याएको विधेयक निरंकुश नभएको जिकिर गर्दै अध्यादेशभित्रको विषय बस्तु गहिराइमा गएर अध्ययन गर्न प्रतिपक्षीलाई आग्रह गरे।
‘जब हामीसँग एउटा आग्रह हुन्छ, आग्रहले हाम्रो सोचाइको क्षितिजलाई एकदमै साँघुरो बनाउँछ। माननीय ज्यूहरुले आग्रह राखेर बोली रहनुभएको छ। अध्यादेश भन्ने बित्तिकै कुनै निरंकुश चिज हो भन्ने हिसाबले व्याख्या गर्नुभएको छ,' उनले भने, 'यो उहाँको एकाङ्की विचार हो भन्ने लाग्छ मलाई। अध्यादेशभित्र के कुरा छ र यो के कारणले ल्याइयो भन्ने कुरा गहिराइमा गएर अध्ययन गर्नुपर्छ, बुझ्नुपर्छ र छलफल गर्नुपर्छ। रचनात्मक रुपले सोच्ने, छलफल गर्ने, द्वन्द्वात्मक रुपले बुझ्ने कुराको धेरै अभाव देख्छु।’
मन्त्री गुरुङले सुशासन प्रवर्द्धन गर्नु सबैको साझा उद्देश्य र दायित्य भएको बताए।
Shares

प्रतिक्रिया