कारोबार


७ दिन लगातार घटेर आठौँ दिनमा बढ्यो सेयरबजार

७ दिन लगातार घटेर आठौँ दिनमा बढ्यो सेयरबजार

नेपालखबर
फागुन २८, २०८१ बुधबार १५:९, काठमाडौँ

लगातारको गिरावटपछि आठौँ दिनमा नेप्से बढेको छ। 

नेपाल स्टक एक्सचेन्जका अनुसार बजार परिसूचक नेप्से १७.२८ अंकले बढेर २७३६.४८ विन्दुमा पुगेको हो। 

७ कारोबार दिनपछि बल्ल आज नेप्से बढेको हो। सेयरबजारले आज २७१८ विन्दुमा प्रतिरोध पायो।  

योसँगै आज ८ अर्ब २३ करोडको कारोबार भएको छ। २ करोड २९ लाख कित्ता बिक्रीपछि यो परिमाणको कारोबार भएको हो। 

आजको कारोबारमा १४६ वटा सेयरको मूल्य बढ्दा ८८ वटाको घटेको छ भने १० वटाको अघिल्लो मूल्यमा कारोबार भएको छ। आज पिपल्स हाइड्रो, प्रभु इन्स्योरेन्स, दिव्येश्वरी हाइड्रो, घलेम्दी हाइड्रोलगायतको सेयर धेरै बढेको छ। 

तर आज विन नेपाल लघुवित्तका सेयरधनीले भने १० प्रतिशत गुमाएका छन्। कम्पनीको सेयरमा नकारात्मक सर्किट लाग्दा लगानीकर्ताले प्रतिसेयर ३८० रुपैयाँ गुमाए। 

यसबाहेक अन्य कम्पनीको अधिकतम ४.३१ प्रतिशतसम्मले मात्र सेयर मूल्य घटेको छ। 

सेयर कारोबारीहरुले आज माछापुच्छ्रे बैंकको प्रमोटर सेयर सर्वाधिक कारोबार गरेका छन्। ८१ करोडको कारोबार यस सेयरमा भएको छ। यसबाहेक हिमालयन रिइन्स्योरेन्सको ५६ करोड, एनआरएन इन्फ्रास्ट्रक्चर एन्ड डेभलपमेन्टको ४९ करोडको कारोबार भएको छ। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad