जनता समाजवादी पार्टी नेपालका प्रथम उपाध्यक्ष एवं सांसद राजकिशोर यादवले सत्तारुढ दल र ठूला नेताकै कारण पूर्वराजा ज्ञानेन्द्र शाह सलबलाएको बताएका छन्।
पूर्वराजा भइसकेको व्यक्ति विमानस्थलबाट घर जाँदा दलहरू आत्तिनु अनौठो भएको उनको भनाइ छ।
‘प्रमुख प्रतिपक्षी दलका नेताको कुरा पनि सुनियो, सत्तापक्षका होनाहार नेताहरुका कुरा पनि सुनियो। यो सदनको बहस सुन्दा यो जनताको आवाज नभएर नेताहरूको गनगन र रोइलोजस्तो लाग्छ, त्यो एक प्रकारको आफैंप्रतिको अविश्वासको प्रतिकात्मक अभिव्यक्ति थियो’, यादवले भने, ‘एकजना एयरपोर्टबाट आफ्नो घर जाँदा राज्य सत्ता नै तर्सिनुपर्ने, चिन्तित हुनुपर्ने र पुरै सदनको समय खर्चिनुपर्ने अवस्था आयो।’
उनले प्रमुख दलका नेतालाई आफ्नो व्यवहार समीक्षा गर्न सुझाव दिए।
‘एकचोटि आफूले रजगज गरेका, खाफूले जसरी व्यवस्थाको नाममा राज्य कब्जा गरेर दोहन गरेका ती दिनहरुलाई एकचोटि हामी फेरि रिभिजिट गर्ने हो कि?’, थादबले थपे, ‘मलाई लाग्छ अरुतिर औंला उठाउनुअघि हामी सबैले आफैंतिर एकचोटि आत्मसीमक्षा गर्नुपर्ने भएको छ।’
सत्ताधारी दलहरुले राज्यका अंगहरु कब्जा गरेर आफूलाई लिडरका रुपमा नभई ‘डिलर’का रुपमा विकास गरेको उनले आरोप लगाए।
दलपतिका रुपमा शासन चलाउन खोजेकाले असन्तुष्ट जनता राजावादीको प्रदर्शनमा सहभागी भएको उनको भनाई छ।
Shares

प्रतिक्रिया