प्रतिनिधिसभाको मंगलबारको बैठकले ‘मोन्ट्रियल प्रोटोकल किगाली संशोधन’ सर्वसम्मतिले अनुमोदन गरेको छ।
बैठकमा वन तथा वातावरणमन्त्री ऐनबहादुर शाही ठकुरीले ‘मोन्ट्रियल प्रोटोकल किगाली संशोधनलाई अनुमोदन गरियोस्’ प्रस्ताव परे गरेका थिए।
सो संशोधनमाथिको सैद्धान्तिक छलफलमा सांसदहरूले आ–आफ्नो धारणा राखेका थिए। सांसदहरूले सोधेका प्रश्नहरूको जवाफ दिँदै मन्त्री ठकुरीले उक्त संशोधनले नेपालमा जलवायु परिवर्तन र तापमानलाई सिमित डिग्रीमा राख्नको लागि महत्वपूर्ण सावित हुने बताए।
संसद्ले किगाली संशोधन अनुमोदन गरेसँगै अबको तीन महिनाभित्र हाइड्रोफ्लोरो कार्बनको आयात र निर्यात नियन्त्रण गर्ने राष्ट्रिय स्तरमा इजाजतपत्र प्रणालीको स्थापना गर्नुपर्नेछ। हाइड्रोफ्लोरो कार्बन र हाइड्रोफ्लोरो कार्बन समाविष्ट मिश्रणको उपभोग सन् २०२४ बाट आधार वर्षको तहमा सिमित राख्नुपर्ने लगायतका प्रावधान रहेका छन्।
Shares

प्रतिक्रिया