नेकपा एमालेका सांसद सूर्य थापाले संविधानले नचिन्ने ‘राजा’ शब्द प्रयोग गरिएको भन्दै सभामुखसँग रुलिङ माग गरेका छन्। मंगलबारको प्रतिनिधिसभामा बोल्दै उनले संसद्मा संविधान, कानुन, ऐन र नियमावलीमा रहेर प्रस्तुत हुनुपर्ने बताए।
‘पूर्वराजाले आफूलाई नागरिकका रुपमा रुपान्तरण गरेको १६ वर्ष भयो। अहिले फेरि सपना देखे राजा बन्ने। लावन्य देशको राजा हो कि कहाँको राजा ? नेपालमा राजा छैनन्’, उनले भने, ‘सभामुख महोदय, संविधान, कानुन, नियम र नियमावलीले नचिन्ने यस्तो कुराप्रति स्पष्ट रुलिङ होस्।’
संसद्मा राप्रपा सांसद ध्रुवबहादुर प्रधानले ‘राजा’ भन्दै पूर्वराजा ज्ञानेन्द्र शाहलाई सम्बोधन गरेका थिए। संसद्मा धारणा राख्ने अन्य राप्रपा सांसदले पनि शाहलाई ‘राजा’ भनेरै सम्बोधन गरेका थिए। त्यसको प्रतिवाद एमाले सांसद थापाले गरेका हुन्।
Shares

प्रतिक्रिया