राजनीति


शिक्षकसँग वार्ता गरी सहमति खोज्न सांसद केसीको माग

शिक्षकसँग वार्ता गरी सहमति खोज्न सांसद केसीको माग

फाइल तस्बिर


नेपालखबर
फागुन २७, २०८१ मंगलबार १३:५७, काठमाडौँ

सत्तसाझेदार दल नेपाली कांग्रेसका सांसद अर्जुननरसिंह केसीले शिक्षकसँग वार्ता गरी सहमति खोज्न माग गरेका छन् ।

मंगलबार (फागुन २७) प्रतिनिधिसभा बैठकमा उनले सरकारले नेपाल शिक्षक महांसघसँग पहिले गरेको सहमति कार्यान्वयन नहुनु निन्दनीय भएको बताए । “सम्झौतालाई निरन्तर अपहेलना गर्नु खेदजनक मात्रै होइन, निन्दनीय हो । राज्यले कसैलाई वचन दिएपछि इमानदार हुनुपर्छ । लाखौँ शिक्षकको महासंघलाई अनादार गर्नु दुःखद,” उनले भने ।

उनले सरकारले पटक–पटक गरेको प्रतिबद्धता पालना गर्दै तत्काल शिक्षकसँग वार्ता र सहमतिको वातावरण बनाउन माग गरे ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad