राजनीति


एमालेले भन्यो : पूर्वराजाको उक्साहटमा भइरहेका गतिविधि रोक्नुपर्छ

एमालेले भन्यो : पूर्वराजाको उक्साहटमा भइरहेका गतिविधि रोक्नुपर्छ

नेपालखबर
फागुन २७, २०८१ मंगलबार १४:१, काठमाडौँ

नेकपा एमालेका प्रमुख सचेतक महेशकुमार बर्तौलाले पूर्वराजाको उक्साहटमा संविधानविपरीतका गतिविधि भइरहेको भन्दै सरकारको ध्यानाकर्षण गराएका छन्।

मंगलबारको प्रतिनिधिसभा बैठकको आकस्मिक समयमा उनले राजावादीहरूले पञ्चायतकालको राष्ट्रियगान बजाएकोप्रति आपत्ति जनाएका हुन्। 

संविधानको पालना गर्नु सबैको कर्तव्य भए पनि पछिल्लो समय पूर्वराजा ज्ञानेन्द्र शाहको उक्साहट र निर्देशनमा संविधानविरोधी र राष्ट्रिय हितप्रतिकूलका गतिविधि भइरहेको प्रमुख सचेतक बर्तौलाले बताए। उनले र्‍यालीहरूमा विदेशीको फोटो प्रदर्शन गरिएकोप्रति पनि आपत्ति जनाए। 

‘संविधानको धारा १ मा संविधानको पालना गर्नु सबैको कर्तव्य भनिएको छ। संविधानविपरीत गरिने सबै कार्य दण्डनीय हुने व्यवस्था छ तर पछिल्लो समय पूर्वराजा ज्ञानेन्द्रको नाममा, निर्देशन र उक्साहटमा संविधानविरीतका काम भइरहेका छन्। पञ्चायतकालीन राष्ट्रिय गान गाउनु संविधानविरोधी क्रियाकलाप भइरहेका छन्’, उनले थपे, ‘यति मात्र होइन, र्‍यालीहरूमा विदेशीको तस्बीर देखियो। यो राष्ट्रियहित प्रतिकूलको कार्य हो। यसलाई सरकारले गम्भीरताका साथ लिनुपर्ने हुन्छ। लोकतन्त्रको विकल्प राजतन्त्र हुन सक्दैन, निरंशुकतन्त्र हुन सक्दैन।’ 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad