राजनीति


स्वास्थ्यमन्त्री पौडेलमाथि कांग्रेसकै सांसदको कटाक्ष : बोल्ने तर काम नगर्ने हो भने जनतामा निराशा पैदा हुन्छ

स्वास्थ्यमन्त्री पौडेलमाथि कांग्रेसकै सांसदको कटाक्ष : बोल्ने तर काम नगर्ने हो भने जनतामा निराशा पैदा हुन्छ

नेपालखबर
फागुन २७, २०८१ मंगलबार १३:५५, काठमाडौँ

नेपाली कांग्रेसका सांसद रामहरि खतिवडाले स्वास्थ्य बिमाको विषयलाई लिएर आफ्नै पार्टीबाट मन्त्री भएका स्वास्थ्यमन्त्री प्रदीप पौडेलमाथि कटाक्ष गरेका छन्। मंगलबारको प्रतिनिधिसभाको बैठकलाई सम्बोधन गर्दै खतिवडाले ओखलढुंगाको मिसन अस्पतालको विषय उठान गर्दै मन्त्री पौडेलमाथि खनिएका हुन्। 

'ओखलढुंगामा मिसन अस्पतालमा बिमाको रकम नपुग्नाले बिरामीले उपचार पाएका छैनन्। डाक्टरहरूले तलब पाएका छैनन्। औषधिको अभाव भएकोले छिटोभन्दा छिटो समस्या समाधान गर्न सरकारको ध्यानाकर्षण होस्,' स्वास्थ्यमन्त्रीलाई इंगित गर्दै उनले भने, 'बोल्ने काम गर्ने, पूरा गर्ने काम नगर्नाले जनतामा निराशा पैदा हुन्छ। यसको अन्त्य होस्।'

यस विषयमा स्वास्थ्यमन्त्री पौडेलले स्वास्थ्य बिमा रकम पाँच लाख पुर्‍याउने विवादित अभिव्यक्ति दिएका थिए। तर अहिले तोकिएकै बिमाको रकम नपाएको विषयमा खतिवडाले उनको आलोचना गरेका हुन्।  

खतिवडाले मधेसमा नक्कली अस्पताल र नक्कली चिकित्सकका कारण सक्कली बिरामी समस्यामा परेको पनि बताए। 

'मधेस प्रदेशमा ९६ अस्पतालको निरीक्षण गर्दा ८१ अस्पताल नक्कली भेटिएछन्। नक्कली अस्पताल, नक्कली डाक्टर सक्कली बिरामी हुँदा अवस्था के हुन्छ यसमा सरकारको ध्यानाकर्षण होस्' उनले भने।   

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad