राजनीति


कांग्रेस महाधिवेशन समयमै हुन्छ : शेरबहादुर देउवा

कांग्रेस महाधिवेशन समयमै हुन्छ : शेरबहादुर देउवा

नेपालखबर
फागुन २६, २०८१ सोमबार १८:४०, काठमाडौँ

नेपाली कांग्रेसका सभापति एवं पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाले पार्टीको महाविधेशन निर्धारित समयमै हुने बताएका छन्।  सोमबार धनगढी विमानस्थलमा सञ्चारकर्मीहरूसँग कुरा गर्दै उनले पार्टी महाधिवेशन समयमै हुने बताएका हुन्। 

दुई ठूला पार्टी मिलेर सरकार बनेको र काम राम्रोसँग भइरहेको बताउँदै देउवाले भने, 'समसामयिक अवस्था ठिक छ । दुई वटा ठूला पार्टी सरकारमा छन्। राम्रोसँग चलेको छ। सरकारमा कुनै समस्या छैन, ०८४ सम्मै जान्छ। हामी भोट पाएको मान्छे हो, हामी जनता होइन। नेपाली कांग्रेसको महाधिवेशन समयमै हुन्छ।’

नेपाली कांग्रेसको १४ औं महाधिवेशन २०७८ मंसिर २४ गते भएको हो। कांग्रेसको विधानअनुसार हरेक चार वर्षमा पार्टी महाधिवेशन हुनुपर्छ नियमित समयमा महाधिवेशन भए ०८२ मंसिरमा १५‍औँ महाधिवेशन हुनुपर्छ।  

उनले राजावादीहरूको प्रदर्शनले आत्तिनुपर्ने कारण नभएको देउवाको भनाइ छ। 
 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad