राजनीति


राजावादीको सक्रियताविरुद्ध प्रतिवादमा उत्रिनुपर्ने माओवादीको निष्कर्ष

राजावादीको सक्रियताविरुद्ध प्रतिवादमा उत्रिनुपर्ने माओवादीको निष्कर्ष

फाइल तस्बिर


नेपालखबर
फागुन २६, २०८१ सोमबार १२:२८, काठमाडौँ

नेकपा माओवादी केन्द्रले गणतन्त्रको विपक्षमा भइरहेको पूर्वराजाको सक्रियता परिवर्तन उल्टाउन खोजेको भन्दै शसक्त प्रतिवाद गर्नुपर्ने निष्कर्ष निकालेको छ।

त्यसका लागि समाजवादी मोर्चामा रहेका दलसँग छलफल गरेर कार्यक्रम तय गर्ने तयारी छ। सोमबार बसेको पदाधिकारी बैठकले पूर्वराजा ज्ञानेन्द्रलाई अघि सारेर राजावादीले व्यवस्थामाथि चुनौति दिन खोजेको ठहर गरेको एक पदाधिकारीले बताए।

‘ज्ञानेन्द्रको पक्षमा भएको प्रदर्शन राम्रो होइन, हाम्रो कारणले गणतन्त्र आएको हुनाले यसको रक्षा र विकास पनि हामीले नै गर्नुपर्ने भन्नेमा हामी पुगेका छौँ’ बैठकको निचोड सुनाउँदै एक नेताले भने, ‘कांग्रेस–एमाले सरकारले गर्न नसकेका कामले जनतामा झन् बढी असन्तुष्टि चुलायो। त्यो राजावादी र हिन्दूवादीतिर गयो। यसलाई न्यूनिकरण गर्नुपर्छ।’

त्यसका लागि माओवादीका शीर्षसहितका नेताले सोमबार नै समाजवादी मोर्चामा रहेका दलसँग छलफल गर्दैछन्। 

‘समाजवादी मोर्चाका साथीहरूसँग आज भेट्ने, सबैपक्षहरूसित कुरा गर्ने, गणतन्त्र पनि धार मिल्नेसँग छलफल गरेर जान सकिन्छ,’ बैठकको निचोडबारे ती नेताले नेपालखबरसँग भने, ‘मिले संयुक्त जाने, नभए पार्टीका तर्फबाट प्रदर्शन गर्नुपर्ने कुरा उठेको छ।’

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad