राजनीति


पूर्वराजालाई स्वागत गर्दै समर्थकले लगाए प्रधानमन्त्रीविरुद्ध नारा

पूर्वराजालाई स्वागत गर्दै समर्थकले लगाए प्रधानमन्त्रीविरुद्ध नारा

नेपालखबर
फागुन २५, २०८१ आइतबार १६:४४, काठमाडौँ

पूर्वराजाका समर्थकहरूले प्रधानमन्त्री केपी शर्मा ओलीविरुद्ध नाराबाजी गरेका छन्। एक महिना पोखरा बसेर फर्किएका पूर्वराजा ज्ञानेन्द्र शाहलाई स्वागत गर्न त्रिभुवन विमानस्थल परिसर पुगेका समर्थकले प्रधानमन्त्री ओलीविरुद्ध नाराबाजी गरेका हुन्।  

प्रधानमन्त्रीविरुद्ध नाराबाजी गर्न थालेपछि प्रहरीसित उनीहरूको धकेलाधकेल पनि भएको छ। 

पूर्वराजा शाह आइतबार अपराह्न कास्कीको पोखराबाट काठमाडौं फर्किएका हुन्। समिट एयरको ९एन–एकेजेड कलसाइन चार्टर्ड विमानमार्फत उनी काठमाडौँ आएका हुन्। 

राप्रपा नेपालका कमल थापासहितका नेता उनको स्वागतमा विमानस्थल पुगेका थिए। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad