पूर्वराजा ज्ञानेन्द्र शाह काठमाडौँ आइपुगेका छन्। आफ्नो एक महिने कास्की पोखराको बसाइपछि शाह आज आइतबार अपराह्न चार्टर्ड विमानमार्फत त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल ओर्लिएका हुन्।
विमानस्थल क्षेत्रको सडकमा शाहको स्वागतमा ठूलो संख्यामा समर्थकहरू भेला भएका छन्। पूर्वराजाको स्वागतमा हुने प्रदर्शनका कारण कुनै अप्रिय घटना नहोस् भनेर काठमाडौँको सुरक्षा व्यवस्था कडा पारिएको प्रशासनले जनाएको छ।
प्रजातन्त्र दिवसको अवसर पारेर फागुन ७ गते दिएको अभिव्यक्तिलाई लिएर राजनीतिक दलका शीर्ष नेताहरूले आपत्ति जनाउँदै आएका छन्। उनीहरूले राजनीतिमा आउने नै भए चुनाव लडेर आउन चुनौती दिएका छन्।
510
Shares

प्रतिक्रिया