बेलौरी नगरपालिका–३ का वडाध्यक्ष सीताराम रिजालको गए राति निधन भएको छ। फोक्सोसम्बन्धी समस्याबाट पीडित ७२ वर्षीय रिजालको आफ्नै निवासमा गएराति १२ बजेर ३० मिनेट जाँदा निधन भएको हो।
विसं २०७९ को स्थानीय तहको निर्वाचनमा रिजाल वडाध्यक्ष पदमा निर्वाचित भएका थिए। उनकी श्रीमती डिलकुमारी रिजालको विसं २०७९ मा स्थानीय तह निर्वाचनकै समयमा निधन भएको थियो।
रिजालको निधनबाट नगरपालिकाले महत्त्वपूर्ण व्यक्ति गुमाएको नगर उपप्रमुख जोगराम चौधरीले बताए।
यसैबीच बेलौरी नगरपालिकाले रिजालको निधनको शोकमा २४ आजका सबै कार्यक्रम स्थगित गरेको छ।
120
Shares

प्रतिक्रिया