ad ad

राजनीति


चीनको कम्पनीले नेपाललाई दियो २ हजार जनाको कोरोना परीक्षण गर्न पुग्ने किट

चीनको कम्पनीले नेपाललाई दियो २ हजार जनाको कोरोना परीक्षण गर्न पुग्ने किट

नेपालखबर
चैत १२, २०७६ बुधबार १४:४८,

कोरोना भाइरस परीक्षण गर्न स्वास्थ्य सामग्री अभाव भइरहेका बेला चीनको एक कम्पनीले नेपालाई ३० हजार अमेरिकी डलरबराबरको किट सहयोग गरेको छ।

चीनको बेइजिङ साभान्ट बायोटेक्नोलोजी कम्पनीले कोरोना भाइरस परीक्षण गर्ने २ हजार किट नेपाल सरकारलाई सहयोग गरेको हो।

कम्पनीका महाप्रबन्धक वाङ कुओफिङले बेइजिङस्थित नेपाली राजदूतावासलाई बुधबार किट निःशुल्क हस्तान्तरण गरेका हुन्।

चीनका लागि कार्यवाहक नेपाली राजदूत सुशील लम्सालका अनुसार बेइजिङबाट ती किट भोलि (बिहीबार) नै तिब्बतको ल्हासा पुर्‍याइनेछ र त्यहाँस्थित नेपाली महावाणिज्य दूतावासको पहलमा स्थलमार्ग हुँदै नेपाल पठाइनेछ।

कोराना परीक्षण गर्ने स्वास्थ्य सामग्री नभएका बेला बेइजिङस्थित दूतावासले आफ्नो तर्फबाट पहल गरेर किट सहयोग प्राप्त गरेको हो।

 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .