चुरोट, रक्सी र खराब स्वास्थ्यः यी तीन कारणले कोरोना भाइरसले महिलाको भन्दा पुरुषको ज्यान बढी लिने गरेको अनुसन्धाताहरुले बताएका छन्।
हालसम्मका तथ्यांकहरुले यो भाइरसबाट महिलाभन्दा बढी पुरुष प्रभावित भएको देखाएका छन्।
इटलीमा संक्रमितमध्ये ६० प्रतिशत पुरुष छन्। मृत्यु हुनेमध्ये त पुरुषको संख्या ७० प्रतिशतभन्दा बढी रहेको त्यहाँको नेसनल हेल्थ इन्स्टिच्युटले जनाएको छ।
दक्षिण कोरयामा संक्रमितमध्ये महिलाको संख्या उच्च छ। तर, मर्नेमध्ये चाहिँ पुरुष नै बढी छन्। त्यहाँ मर्ने पुरुषको अनुपात ५४ प्रतिशत छ।
यसअघि सार्स, मर्सजस्ता महामारीमा पनि पुरुषहरु बढी प्रभावित भएका थिए।
यस्तो किन भयो त?
जनस्वास्थ्य विज्ञहरु यसको जवाफ महिला र पुरुषको फरक जीवनशैलीमा खोजिरहेका छन्।
सन् २०१५ को एक अध्ययनअनुसार १५ वर्षमाथिका ३६ प्रतिशत पुरुष धुम्रपान गर्छन्। जबकि महिलाहरु ७ प्रतिशत मात्र। अर्थात् महिलाभन्दा पाँच गुणा बढी पुरुष सूर्ती खान्छन्।
त्यस्तै महिलाको तुलनामा पुरुषले पाँच गुणा बढी अल्कोहल पनि सेवन गर्छन्। जसले उनीहरुको स्वास्थ्य अवस्था खराब बनाउनुका साथै पुरुषहरुमा रोग लाग्ने सम्भावना पनि वृद्धि गर्छ। एजेन्सी

प्रतिक्रिया