राजनीति


सहकारी अध्यादेशमा बचतकर्ताको बचत फिर्ता हुने आधार देखिँदैन : सांसद खनाल

सहकारी अध्यादेशमा बचतकर्ताको बचत फिर्ता हुने आधार देखिँदैन : सांसद खनाल

नेपालखबर
फागुन २१, २०८१ बुधबार १८:२३, काठमाडौँ

‍राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सांसद शिशिर खनालले सरकारले ल्याएको सहकारीसम्बन्धी अध्यादेशमा बचतकर्ताको बचत फिर्ताको कुनै आधार नभएका बताएका छन्।

प्रतिनिधिसभाको बुधबारको बैठकमा सांसद खनालले सरकार सहकारीका बचतकर्ताको बचत फिर्ता गर्नेतर्फ जिम्मेवार नभएको बताए।

'हामीले प्रतिवेदनमा नै भनेका थियौँ, सञ्चालकलाई जेल हालेर नहुने रैछ, उनीहरूको सम्पत्ति रोक्का राखौँ, बचत फिर्ता गर्न सहकारी बन्ड निष्काशन गर्ने व्यवस्था गरौँ,' सांसद खनालले भने।

तर, दशौँ लाख बचतकर्ताले बचत फिर्ता नपाउने भए यो अध्यादेशको अर्थ नभएको उनले बताए। सहकारी प्राधिकरण सकारको छायाँमा भएको उनले बताए।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad