कारोबार


ऊर्जामन्त्रीलाई कुलमानको जवाफ : जतिसुकै स्पष्टीकरण खानुपरे पनि अन्तिम समयसम्म काम गर्छु (भिडिओ)

ऊर्जामन्त्रीलाई कुलमानको जवाफ : जतिसुकै स्पष्टीकरण खानुपरे पनि अन्तिम समयसम्म काम गर्छु (भिडिओ)

नेपालखबर
फागुन २१, २०८१ बुधबार १८:६, काठमाडौँ

नेपाल विद्युत प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले आफूले ५/६ वटा स्पष्टीकरणको जवाफ दिएको भन्दै स्पष्टीकरणको अर्थ नरहेको बताएका छन्।

बुधबार बुटवलमा आयोजित लुम्बिनी प्रदेशका सडक बत्तीको महसुल भुक्तानी गर्ने पालिकाहरूलाई प्रशंसापत्र वितरण कार्यक्रममा बोल्दै घिसिङले आफूले अन्तिम समयसम्म राष्ट्रका लागि काम गर्ने स्पष्ट पारे।

‘आज हो कि भालि हो भन्ने हल्ला तपाइँले सुन्नुभा होला। तर भए पनि लास्ट मिनेटसम्म काम गर्नुपर्छ भन्ने मेरो मान्यता हो’ उनले भने, ‘मैले ५/६ वटा स्पष्टीकरण दिएँहोला। सोधियोहोला। यसले माने राख्दैन। मलाई ० दिएपनि सय दिएपनि त्यसले पनि माने राख्दैन।’

घिसिङले जतिसुकै स्पष्टीकरण खानुपरेपनि आफू अन्तिम क्षणसम्म प्राधिकरणको काममा लागिरहने बताए।

भिडिओ

 

‘हामी सबैले राष्ट्रिय जिम्मेवारी लिएर काम गरिराछौँ। राष्ट्रिय जिम्मेवारी लिएर काम गर्दाखेरी जतिसुकै स्पष्टीकरण खानुपरेपनि एक घण्टा भएपनि काम गर्ने ताकत, ल्याकत राख्नुपर्छ’ उनले भने।

उनले आफू प्राधिकरणको कार्यकारी निर्देशक भएर आउँदा ५०/५५ प्रतिशत मात्रै बिजुली बलेको र त्यस्तो अवस्थामा पनि १६/१७ घण्टासम्म लोडसेडिङ रहेको स्मरण गरे। आफू प्राधिकरणमा आएपछि लोडसेडिङ अन्त्य गरेको, विकट गाउँमा करिब ९९ प्रतिशत स्थानमा २४ सै घण्टा बत्ति पुगेको बताए।

ऊर्जा मन्त्रालयले कुलमानलाई प्राधिकरणबाट हटाउन पटक पटक स्पष्टीकरण मागेको छ भने कार्यसम्पदान पनि कमजोर देखाउन शून्य अंक दिएको छ।

मन्त्रालयले पछिल्लोपटक पठाएको पत्रको जवाफमा कुलमानले ऊर्जामन्त्रीसँग स्पष्टीकरण लिने र कारबाही गर्ने कानुनी अधिकार नरहेको तर्क गरेका थिए।

कार्यसम्पादन मूल्यांकन समितिका संयोजक ऊर्जा मन्त्रालयका सहसचिव जिवछ मण्डलले माघ १८ गतेको पुरानो मिति राखेर शून्य नम्बर दिने निर्णय गरेको थियो।

कुलमान स्वयंले भने आफूलाई ९८ नम्बर दिनुपर्ने दाबी गरी मन्त्रालयमा फाराम बुझाएका थिए।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad