नेकपा (माओवादी केन्द्र) का सांसद रणेन्द्र बरालीले सरकारले अध्यादेश ल्याएर संसदको विधेयकमाथि छलफल गर्न पाउनुपर्ने हक हनन् गरेको आरोप लगाएका छन्।
प्रतिनिधिसभाको बुधबारको बैठकमा ‘आर्थिक तथा व्यवसायिक वातावरण सुधार र लगानी अभिवृद्धि सम्बन्धी केही नेपाल ऐन संशोधन गर्ने अध्यादेश’लाई अस्विकृत गरियोस् भन्ने प्रस्ताव पेस गर्दै उनले यस्तो आरोप लगाएका हुन्।
संसद् बोलाउने समयमा अध्यादेशको बाटो अवलम्बन गरेको कारण सरकारको नियत नै ठिक नभएको उनको भनाइ छ।
उनले अध्यादेश जनता र राष्ट्रको मात्र नभई सरकारको समेत हितमा नभएकोले अस्वीकृत गर्नुपर्ने बताए।
‘सम्धी होस् कि ज्वाइँ, अगाडिको ढोका खुला हुँदाहुँदै पछाडिको ढोकाबाट आयो भने सही नियतिले आएको भन्न सकिँदैन। जनहित र राष्ट्रतिमा मात्र होइन स्वंयम सरकारको हितमा समेत नभएकोले यो अध्यादेश आम जनता र हाम्रो पार्टीको तर्फबाट अस्विकार छ। त्यसकारण यो अध्यादेश अस्विकृतको लागि प्रस्ताव गर्दछु।’
उनले मुनाफाखोर व्यवसायिहरूलाई लाभ पु-याउने मनसायले सरकारले ऐन संशोधन गर्न खोजेको आरोप पनि लगाए।
Shares

प्रतिक्रिया