राजनीति


पर्यटनमन्त्रीको कार्यभार खेलकुद मन्त्रीलाई

पर्यटनमन्त्रीको कार्यभार खेलकुद मन्त्रीलाई

नेपालखबर
फागुन २१, २०८१ बुधबार १७:२९, काठमाडौँ

संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयको कार्यभार युवा तथा खेलकुदमन्त्री तेजुलाल चौधरीले सम्हालेका छन्। 

पर्यटनमन्त्री बद्री पाण्डे जर्मनीको बर्लिनमा आयोजित पर्यटन व्यापार मेला आइटिबी बर्लिन र फ्रान्समा आयोजना हुने ७५ औँ अन्नपूर्ण दिवसको कार्यक्रममा यही फागुन १८ गते जर्मनी प्रस्थान गरेकाले उनको अनुपस्थितिमा उनले सम्हाल्दै आएको पर्यटन मन्त्रालयकाे कार्यभार खेलकुदमन्त्री चौधरीले सम्हाल्नेगरी प्रधानमन्त्रीले तोकेका हुन्।

प्रधानमन्त्री कार्यालयको पत्रको व्यहोरा प्रतिनिधिसभाको आजको बैठकमा सभामुखको आसनबाट सांसद चन्दा कार्की (भण्डारी) ले पढेर सुनाएकी थिइन्।

यस्तै, बैठकमा राष्ट्रियसभामा उत्पन्न भएको ‘नेपाल कानुन व्यवसायी परिषद् (दोस्रो संशोधन) विधेयक, २०८१’ का सम्बन्धमा राष्ट्रियसभाबाट प्राप्त सन्देशसहितको विधेयक टेबुल गरिएको छ। प्रतिनिधिसभाका सचिव हर्कराज राईले उक्त सन्देशसहितको विधेयक टेबुल गरेका हुन्।रासस

 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad