नेकपा (माओवादी केन्द्र)का सांसद माधव सापकोटाले निजीकरण अध्यादेशको मस्यौदा कुन कर्पोरेट हाउसमा लेखिएको हो भन्दै सरकारलाई प्रश्न गरेका छन्।
प्रतिनिधिसभाको बुधवारको बैठकमा निजीकण (पहिलो संशोधन) अध्यादेश,२०८१ अस्विकृत गरियोस् भन्ने पेश गर्दै सांसद सापकोटाले लोकतान्त्रि मूल्यमान्यताको हिसाबले अध्यादेशको बाटो पुर्णरुपमा गलत भएको बताएका हुन्।
सरकार अध्यादेश ल्याएर संविधानलाई जिस्क्याएको आरोपसमेत लगाए। उनले गिरीबन्धुको गन्ध आउनेगरी सकारले भूमिसम्बन्धी अध्यादेश ल्याएको टिप्पणी गरे।
'गिरिबन्धुको पूरै स्मेल आउने गरेर भूमिसम्बन्धीको विषय आयो। अहिले म नीजिकरण विधेयकको बारेमा कुरा गर्दैछु,' उनले भने, 'यो कहाँ ड्राफ्ट भयो। यसको बारेमा सोध्दा कोही जवाफ दिँदैनन्। र यो कुन कर्पोरेट हाउसमा ड्राफ्ट भएर आयो? र आदेश के गर्यो सरकारले भन्दा कमा र फुलस्टप समेत परिवर्तन नगरियोस्।’
सरकारले अध्यादेशमा रहेका ‘कमा’ र ‘पूर्णविराम’समेत परिवर्तन नगरी पास गर्न खोजेको आरोपसमेत लगाए।
Shares

प्रतिक्रिया