राजनीति


बिहीबार पाँच अध्यादेश राष्ट्रियसभामा निर्णयार्थ पेस गरिने [कार्यसूचीसहित]

बिहीबार पाँच अध्यादेश राष्ट्रियसभामा निर्णयार्थ पेस गरिने [कार्यसूचीसहित]

नेपालखबर
फागुन २१, २०८१ बुधबार १४:५०, काठमाडौँ

भूमिसम्बन्धी केही नेपाल ऐनलाई संशोधन गर्न बनेको अध्यादेश रोकेर सरकारले बाँकी पाँच अध्यादेश राष्ट्रियसभामा पनि निर्णयार्थ पेस गर्ने भएको छ।

आज बुधबार प्रतिनिधिसभा पेस भएका उक्त अध्यादेशलाई भोलि बिहीबार राष्ट्रियसभामा निर्णयार्थ पेस गर्ने सम्भावित कार्यसूची छ।    जसपा, नेपालको अडानका कारण माघ १८ गते संसद्‌मा पेस भएका अध्यादेशहरू स्वीकृत गर्ने प्रक्रियामा लगिएका थिएनन्। 

प्रतिनिधिसभामा सत्तागठबन्धन दल कांग्रेस-एमालेको स्पष्ट बहुमत भए पनि राष्ट्रियसभामा जनता समाजवादी पार्टी, नेपाल निर्णायक छ। जसपाले भूमि अध्यादेश फिर्ता लिन माग गरेको थियो। सरकारले उक्त अध्यादेश होल्ड गर्ने भएपछि निर्णयार्थ पेस गर्न लागिएको हो 

भूमि अध्यादेश फिर्ता नभई बाँकी अध्यादेशमा समेत समर्थन नगर्ने जसपा नेपालको चेतावनीपछि सरकार होल्ड गर्ने अवस्थामा पुगेको हो।

प्रतिनिधिसभामा यसबारे अध्यादेशबारे छलफल जारी छ। विपक्षी दलले अध्यादेश अस्वीकृतको प्रस्ताव पेस गरेका छन्। 

प्रधानमन्त्रीको तर्फबाट उठेका प्रश्नको जवाफ सञ्चारमन्त्री पृथ्वीसुब्बा गुरुङले जवाफ दिएका छन्। उनले जवाफ दिँदा भने,'अध्यादेशहरू आवश्यक भएर ल्याइएको हो। फूलको आँखामा फूलै संसार, काँडाको आँखामा काँडै संसार। हामीले केही नराम्रो देखेका छैनौँ।'  

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad