संघीय संसद् सचिवालयले दुईजना पत्रकारलाई संसद् प्रवेशमा रोक लगाइएको छ। संघीय संसद् सचिवालयका महासचिवस्तरको निर्णयबाट पत्रकारद्वय प्रकाश वली र किशोरकुमार श्रेष्ठको प्रवेश पास निलम्बन गरिएको हो। प्रकाश सुनौलो नेपाल र किशोरकुमार युवामन नामक युट्युब च्यानलमा कार्यरत छन्।
'संसद् प्रवेश गर्दा पालना गनुपर्ने पत्रकार आचारसंहिता छन्,' संसद् सचिवालयका प्रवक्ता एकराम गिरीले भने, 'आचारसंहिता पालना नगरेको कारणले उहाँहरूलाई एक महिनाको लागि प्रवेश रोक लगाइएको हो।'
प्रधानमन्त्रीले संसद्मा प्रश्नोत्तर कार्यक्रममा भाग लिँदा सांसद प्रभु साहको प्रश्नको उत्तर नदिएको विषयलाई उनीहरूले प्रश्न सोध्दा शब्द चयनलाई ध्यान नदिएकोले पनि निलम्बन गरिएको संसद् सचिवालयले बताएको छ।
प्रधानमन्त्रीलाई 'हिटलर' भनेर प्रश्न सोधेका थिए। यसबारे संसद् बैठकमा पनि एमालेका सांसदले सभामुखको ध्यानाकर्षण गराएका थिए। एमालेका प्रमुख सचेतक महेश बर्तौलाले प्रश्न सोध्दा आचारसंहिता र मर्यादाको ख्याद गर्नुपर्ने तथा सही शब्द चयन गर्नुपर्ने बताएका थिए।
Shares

प्रतिक्रिया