राजनीति


माओवादी जातीय अतिवादको पक्षमा छैन : वर्षमान पुन

माओवादी जातीय अतिवादको पक्षमा छैन : वर्षमान पुन

नेपालखबर
फागुन २०, २०८१ मंगलबार १७:२४, काठमाडौँ

नेकपा माओवादी केन्द्रका उपमहासचिव वर्षमान पुनले आफ्नो दल जातीय अतिवादको पक्षमा नरहेको बताएका छन्। 

पार्टीसम्वद्ध थारु राष्ट्रिय मुक्ति मोर्चाको चौँथौ राष्ट्रिय सम्मेलन उद्घाटन समारोहलाई मंगलबार कैलालीको टिकापुरमा सम्बोधन गर्दै पुनले सबै उत्पीडित, वर्ग, क्षेत्र, जाति र समुदायको राज्यमा बराबरी हक हुनुपर्छ भन्ने पार्टीको नीति रहेको बताएका हुन्। 

‘मजदुर, किसान, श्रमिक, महिला, दलित, जनजाति, मधेसी, थारु समुदाय, कर्णाली र सुदूरपश्चिमजस्ता पिछडिएका क्षेत्रका उत्पीडित जनतालाई संगठित र एकताबद्ध गरेर उनीहरूकै बलमा देशमा गणतन्त्र स्थापना भएको हो’ पुनले भने। 

उनले अझै पनि आन्दोलनका उपलब्धीको रक्षा र थप उपलब्धिका लागि उत्पीडित वर्ग र समुदायबीच बलियो एकता जरुरी रहेको बताए। जनयुद्ध र त्यसको जगमा भएको ०६२/०६३ को जनआन्दोलनबाट उत्पीडितहरूले प्राप्त गरेको अधिकारलाई नजरअन्दाज गर्ने र सबै थोक प्राप्त भइसक्यो भन्ने दुईथरी अतिवादी प्रवृत्ति सही नभएको उनको भनाइ थियो। 

‘हामी जातिवादी र अतिवादी होइनौँ। हामी नेपालका सबै जातजाति, समुदायबीच आपसी एकता, सदभाव र समान हकअधिकार हुनुपर्ने भन्ने हाम्रो नीति हो,' उनले भने, 'पहाडी र मधेसी लडाउनेहरू जातिवादी र अतिवादी हुन्। माओवादी पहाडी, मधेसी, थारुलगायत सबै उत्पीडित जाति जनजाति र वर्गको पार्टी हो।’ 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad