नेपाल कम्युनिस्टपार्टी (एमाले)का वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेलले देशलाई सङ्कटमा पर्दा नेपाली कांग्रेस र एमालेबीच विगतदेखि नै सहकार्य हुँदै आएको बताएका छन्।
नेपाल राष्ट्रिय भूतपूर्व सैनिक तथा प्रहरी सङ्गठनको दोस्रो जिल्ला सम्मेलनको आज भक्तपुरमा उद्घाटन गर्दै उनले पछिल्लो समय दुई पार्टीबीच सत्ता सहकार्य त्यसैको निरन्तरता भएको बताएका हुन्।
'कांग्रेस एमाले दुईवटा राजनीतिक पार्टी मात्रै होइनन्, सधैँ सङ्कटको बेला मिलेर काम गर्ने राजनीतिक खम्बा पनि हुन्। अहिलेको गठबन्धन पनि त्यसैको एउटा नमूना हो', वरिष्ठ उपाध्यक्ष पोखरेलले भने।
'राणाशासनविरोधी आन्दोलनदेखि पछिल्लो २०६२/६३ को जनआन्दोलन र २०७२ को संविधान जारी गर्दासम्म कांग्रेस र एमाले एक भएर नै सङ्कटलाई पार लगाइएको हो', वरिष्ठ उपाध्यक्ष पोखरेलले भने,'हालको सत्ता गठबन्धन पनि देशलाई सङ्कटबाट जोगाउन, राजनीतिक अस्थिरता अन्त्य गर्न, देशलाई सही मार्गमा ल्याउनका लागि भएको हो। सोहीअनुसारका काम गरिरहेका छौँ।'
विसं २०८४ मा कांग्रेस र एमालेबीच प्रतिस्पर्धा हुने र त्यसका लागि दुवै पार्टी तयारीका साथ अगाडि बढिसकेको उनको भनाइ थियो।
Shares

प्रतिक्रिया