भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले २१ दिनका लागि पूरै देश लक डाउनको घोषणा गरेका छन्।
मंगलबार साँझ राष्ट्रका नाममा सम्बोधन गर्दै मोदीले लक डाउन घोषणा गरेका हुन्।
‘आगामी २१ दिन हामीले लक डाउन पालना नगर्ने हो भने हामी २१ वर्षले पछि पर्नेछौँ,’ मोदीले सम्बोधनमा भने।
उनले सामाजिक दूरी कायम गर्नु भाइरस प्रसार रोक्ने एक मात्र सफल उपाय भएको बताउँदै उनले मंगलबार मध्यरातिदेखि लकडाउन घोषणा गरेका हुन्। एजेन्सी

प्रतिक्रिया