बेलायतमा सरकारले घोषणा गरेको लक डाउन पालना गर्ने नागरिकलाई ठाउँको ठाउँ ३० पाउन्ड जरिवाना गर्न थालिएको छ।
प्रधानमन्त्री बोरिस जोन्सनले सोमबार रातिबाट देशव्यापी लक डाउन घोषणा गरेका थिए।
उनले अत्यावश्यक काममा दिनको एक पटक बाहेक मानिसहरुलाई बाहिर ननिस्किन आह्वान गरेका थिए।
तर, त्यो नमान्नेलाई प्रहरीले ३५ डलरसम्म जरिवाना गर्न सक्नेछन्।
आवश्यक परे लक डाउन उल्लंघन गर्नेको जरिवाना थपिँदै जाने प्रधानमन्त्री कार्यालयका प्रवक्ताले जनाएका छन्। एजेन्सी

प्रतिक्रिया