राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सांसद हरि ढकालले भ्रष्टाचारविरुद्धको अभियान नरोकिने बताएका छन्।
प्रतिनिधिसभाको मंगलबारको बैठकको विशेष समयमा बोल्दै उनले एक जनालाई छेकेर भ्रष्टाचारविरुद्धको अभियान नछेकिने बताएका हुन्।
पार्टीले संसद्मा बहुमत पुर्याएको दिन अकुत कमाएर मस्त रमाएर बेहोस भएकाहरूलाई ब्युँझाउने उनको भनाइ छ।
राणा कालमा अकुत कमाउनेको सम्पत्ति जसरि राज्य ढुकुटीमा आयो त्यसरी नै ३५ वर्षमा अनेकौं कान्ड मच्चाएर नागरिकको पसिना चुसेकाहरूको अकुत सम्पत्ति राज्य ढुकुटीमा ल्याउने दाबी गरे।
‘हामीले उठाएको भ्रष्टाचार विरुद्धको यो अभियान कसै एक जनालाई छेकेर छेकिने वाला छैन। यसपटक संख्या पुगेन। संख्या पुगेको दिन अकुत कमाएर सम्पत्तिको माद्यकतामा मस्त रमाएर बेहोस् भएकाहरुलाई बउिझाउँने छौँ,' उनले भने,'राणा कालमा अकुत कमाउनेको सम्पत्ति जसरी राज्य ढुकुटीमा आयो, राजाको सम्पती जसरी राज्य ढुकुटीमा आयो यो ३५ वर्षमा अनेकौं काण्ड मच्चाएर नागरिकको रगत पसिना चुसेकाहरुको त्यो अकुत सम्पत्ति राज्य ढुकुटीमा ल्याउँछौं। ०८४ मा संख्या पुर्याउँछौँ। खबरदार!’
उनले वर्तमान सरकार भ्रष्टाचारीको संरक्षणमा लागेको आरोपसमेत लगाए।
Shares

प्रतिक्रिया