राजनीति


पूर्वराजालाई वर्षमानको चेतावनी : तानाशाही शासन फर्काउन सकिन्छ कि भनेर मुख नमिठ्याए हुन्छ

पूर्वराजालाई वर्षमानको चेतावनी : तानाशाही शासन फर्काउन सकिन्छ कि भनेर मुख नमिठ्याए हुन्छ

फाइल तस्बिर


नेपालखबर
फागुन १२, २०८१ सोमबार १७:८, काठमाडौँ

माओवादी केन्द्रका उपमहासचिव वर्षमान पुनले पूर्वराजा ज्ञानेन्द्र शाहलाई तानाशाही व्यवस्था फर्काउन सकिन्छ कि भनेर मुख नमिठ्याउन चुनौती दिएका छन्। 

झापाको कचनवल गाउँपालिकास्थित हुकाहुकी चोकमा सोमबार आयोजित हुलाकी राजमार्ग केन्द्रित एक महिने तराई–मधेस जागरण अभियान उद्घाटन समारोहलाई सम्बोधन गर्दै पुनले जागरुक भइसकेका जनता कुनै पनि तानाशाहीको पक्षमा नरहेको दाबी गरेका हुन्। 

जनताको निराशा र असन्तुष्टिमा आफ्नो भविष्य देखेर धमिलो पानीमा माछा मार्ने प्रयास नगर्न पुनले ज्ञानेन्द्रलाई सुझाए।

‘तानाशाहहरू, प्रतिगामीहरू, सामान्तहरू पुरानै व्यवस्था फर्काउन सकिन्छ कि भनेर मुख मिठ्याइ राखेका छन्, अपिल गरिराखेका छन्’ पुनले भने, ‘जनताको निराशामा र असन्तुष्टिहरूमा भ्रम छरेर धमिलो पानीमा माछा मार्न सकिन्छ कि भनेर तानाशाहहरू हिंडिराखेका छन्। खबरदार, त्यो दिवासपना नदेखे हुन्छ। जनता फेरि जाग्नेछन्।’ 

उनले काठमाडौं केन्द्रित एक जाति, एक भाषा, एक संस्कृतिसहितको एकाधिकारवादी हुकुमी शासन अब सम्भव नभएको बताए। 

‘हामीले क्रान्ति सजिलै गरेका होइनौँ। प्रचण्डको नेतृत्वमा हामीले धेरै दुःख, कष्ट र १०औं हजारको बलिदानी गरेर देशलाई यहाँसम्म ल्याएका हौं’, उनले भने, ‘केही मान्छेले हाम्रो धैर्यता र लचकतालाई कमजोरी ठान्छन् भने उनीहरू पछुताउनुपर्नेछ।’ 
 
पूर्वराजाले प्रजातन्त्र दिवसका अवसरमा भिडिओ सन्देश जारी गर्दै देश यसरी नै अगाडि बढ्न नसक्ने भन्दै आफूलाई साथ दिन अपिल गरका थिए। ज्ञानेन्द्रको उक्त अभिव्यक्तिप्रति राजनीतिक दलका नेताहरूले सदनभित्र र बाहिरबाट पनि आपत्ति जनाइरहेका छन्।  

नले दुई तिहाइको दुहाई दिएर सत्तामा बसेका कांग्रेस र एमालेले जनभावनाअनुसार शासन सत्ता सञ्चालन नगरेको आरोप लगाए। जनताको भावनाविपरीत अघि बढे उनीहरूलाई पनि जनताले बढार्ने दिन आउने चेतावनी उनले दिए। 

पूर्वअर्थमन्त्रीसमेत रहेका पुनले गणतन्त्र स्थापनापछि मुलुकले पूर्वाधार विकासमा फड्को मारेको भन्दै केही भएन भन्नेहरूले भ्रम छर्ने प्रयास गरेको बताए।

पञ्चायतको ३० वर्षमा ७ हजार किमी र बहुदलीय व्यवस्थाको १४ वर्षमा १७ हजार किमी सडक निर्माण भएकामा गणतन्त्रको १० वर्षमा देशभर डेढ लाख किमी सडक बनेको तथ्यांक प्रस्तुत गरे। 

सामान्ती र एकात्मक व्यवस्थाले दबाएका महिला, आदिवासी जनजाति, दलित, मधेसीहरू गणतन्त्रमा सत्ता चलाउने ठाउँमा पुगेको उनको भनाइ थियो। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad