राजनीति


बाँदर र बँदेल आतंकबारे प्रतिनिधिसभामा आज छलफल हुँदै (कार्यसूचीसहित)

बाँदर र बँदेल आतंकबारे प्रतिनिधिसभामा आज  छलफल हुँदै (कार्यसूचीसहित)

सांसद राजेन्द्र बजगाईं


नेपालखबर
फागुन १२, २०८१ सोमबार ७:३८, काठमाडौँ

ग्रामीण क्षेत्रमा बाँदर तथा बँदेलले खेतीबाली नष्ट पारेर किसानलाई परेको समस्याबारे आजको प्रतिनिधिसभा बैठकमा छलफल हुँदैछ।  

सांसद राजेन्द्र बजगाईंले ‘बाँदर र बँदेलको आतंकबाट किसानहरूलाई जोगाउन तथा दीर्घकालीन समाधान खोज्न आवश्यक नीति तथा कार्यान्वयन’को माग गर्दै जरुरी सार्वजनिक महत्वको प्रस्ताव दर्ता गरेका छन्।

उक्त प्रस्तावलाई सांसद उदय शमशेर जबरा र सांसद संजय कुमार गौतमले समर्थन गरेका छन्। सांसद बजगाईंले कृषि सुरक्षाको सुनिश्चितता, वन्यजन्तु व्यवस्थापन, तथा वातावरणीय सन्तुलन कायम राख्न नीतिगत पहल आवश्यक रहेको उल्लेख गर्दै प्रस्ताव दर्ता गरेका हुन्।  

नेपालका ग्रामीण क्षेत्रमा किसानहरूले बाँदर र बदेलको आतंकका कारण ठूलो क्षति भोग्दै आएका छन्। किसानहरूको सुरक्षाका लागि दीर्घकालीन समाधान आवश्यक भएको भन्दै सांसद बजगाईंले सरकारले यस विषयमा गम्भीर ध्यान दिनुपर्ने माग गरेका छन्। 

आज दिउँसो १ बजे प्रतिनिधिसभाको बैठक बस्दैछ।  बैठकमा प्रधानमन्त्री केपी शर्मा ओलीले अख्तियार दुरुपयोग अनुसन्धान आयोगको ३४ औँ वार्षिक प्रतिवेदन आर्थिक वर्ष २०८०र०८१ पेस गर्ने कार्यसूची छ। 

त्यस्तै गृहमन्त्री रमेश लेखकले सशस्त्र प्रहरी बल, नेपाल विधेयक, २०८१ माथि विचार गरियोस् भन्ने प्रस्ताव प्रस्तुत गर्ने कार्यसूची रहेको संसद् सचिवालयले जनाएको छ। 

सांसद् शेरबहादुर कुँवरले सुदूरपश्चिम र कर्णाली प्रदेशका केही जिल्लाका विपन्न र पछाडि परेका नागरिकले विभिन्न अस्पतालबाट निःशुल्क सेवा पाउँदै आएकोमा संघीय र प्रदेश सरकारबाट प्रदान गरिने अनुदान रकमको अभावले सेवाबाट वञ्चित हुने अवस्था आएको जानकारी गराउने छन्। 

अस्पतालबाट पाउँदै आइरहेको सेवाको निरन्तरता हुनुपर्ने भन्ने सार्वजनिक महत्वको विषयमाथि स्वास्थ्य तथा जनसंख्यामन्त्री प्रदीप पौडेलको ध्यानाकर्षण गराउने कार्यसूची रहेको छ । 

उक्त प्रस्तावमा दयाल बहादुर शाही र पुष्पबहादुर शाहले स्पष्टीकरण माग गर्ने कार्यसूची छ।

हेर्नुहोस् कार्यसूची 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad