राजनीति


गिरीबन्धुको जग्गा प्लटिङ गरी सुकुम्वासीलाई दिइयोस् : देवेन्द्र पौडेल

गिरीबन्धुको जग्गा प्लटिङ गरी सुकुम्वासीलाई दिइयोस् : देवेन्द्र पौडेल

नेपालखबर
फागुन ११, २०८१ आइतबार १५:५१, काठमाडौँ

नेकपा (माओवादी केन्द्र)का सांसद देवेन्द्र पौडेलले झापाको गिरीबन्धु टी–इस्टेटको जग्गा प्लटिङ गरेर सुकुम्वासीलाई दिन आग्रह गरेका छन्। आइतबार (फागुन ११) प्रतिनिधिसभा बैठकमा उनले भूमिसम्बन्धी अध्यादेशका विषयमा प्रश्न उठाउँदै यस्तो बताएका हुन्।

'सुकुम्वासीलाई सडक, खोला, खोल्साको जग्गा दिने होइन। सुकुम्वासीलाई जग्गा दिने भए सरकारले सुनोस्– गिरीबन्धु टी–इस्टेटको जग्गा प्लटिङ गरेर दिइयोस्, माओवादी सहयोग गर्न तयार छ,' उनले भने, 'छालाजुत्ता कारखानाको जग्गा सुकुम्वासीलाई दिइयोस्, अनियमिततापूर्ण जग्गा कहाँ गएको छ, खोजीनिती गरेर।'

उनले माओवादीको रोहबरबिना संविधान संशोधन सम्भव नभएको जिकिर गरे। आफू समाजवादी प्रणालीमा जाने भन्दै उने कित्ता ‘क्लियर’ रहेको जवाफ फर्काए।

बैठकमा उनीभन्दा अघि बोलेका नेकपा (एमाले)का सांसद गोकुल बास्कोटाले माओवादीलाई कित्ता क्लियर गर्न आग्रह गरेका थिए।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad