राजनीति


संसद्‌बाट प्रधानमन्त्री बनेर चौतर्फी विकास गर्न पूर्वराजालाई वामदेवको चुनौती

संसद्‌बाट प्रधानमन्त्री बनेर चौतर्फी विकास गर्न पूर्वराजालाई वामदेवको चुनौती

फाइल तस्बिर


नेपालखबर
फागुन ११, २०८१ आइतबार १५:३४, काठमाडौँ

राष्ट्रियसभा सदस्य वामदेव गौतमले पुनः राजा बन्ने चाहना परित्याग गरेर प्रजातान्त्रिक राजनीतिक गरी प्रधानमन्त्री बन्न ज्ञानेन्द्र शाहलाई सुझाव दिएका छन्।  

राजनीतिक पार्टीका नेताहरूले देशको विकास, उन्नति, प्रगति गरेनन्, त्यसैले मलाई राजा बनाऊ भन्नु उचित नहुने उनले उल्लेख गरे। पुनः राजा बन्ने चाहना त्यागेर पार्टी खोलेर निर्वाचन आयोगमा दर्ता गराई ०८४ मा हुने चुनावमा भाग लिन उनले सुझाव दिए।

'राजनीतिक पार्टीका नेताहरूले देशको विकास, उन्नति, प्रगति गरेनन्, त्यसैले मलाई राजा बनाऊ भन्नु उचित हुँदैन,' उनले भने, 'तपाईंले पुनः राजा बन्ने चाहना परित्याग गरेर आफ्नो नेतृत्वमा एउटा प्रजातान्त्रिक राजनीतिक पार्टी खोलेर निर्वाचन आयोगमा दर्ता गराउनुस् र केही समयपछि २०८४ मा हुने निर्वाचनमा भाग लिनुस्।'  

निर्वाचित भई संसद्‌बाट प्रधानमन्त्री बनेर देशको चौतर्फी विकास र समृद्धि कायम गर्न उनले आग्रह गरे। 'निर्वाचित भई संसद्‌बाट प्रधानमन्त्री बन्नुस् र नेपालको चौतर्फी विकास र समृद्धि कायम गरी देखाइदिनुस्,' उनले भने।

उनले राजा महेन्द्रलाई चितवनको दियालो बंगलामा हत्या गर्ने पनि राजपरिवारकै व्यक्ति भएको जिकिर गरे। राजा वीरेन्द्रको वंशनाश गर्ने पनि राजपरिवारकै सदस्य भएको उनले आरोप लगाए।

'राजा महेन्द्रलाई चितवनको दियालो बंगलामा हत्या गर्ने पनि राजपरिवारकै व्यक्ति हुन्। त्यसपछि राजा वीरेन्द्रको राजसहित उनको वंश विनाश गर्ने पनि राजपरिवारकै सदस्यहरू हुन्,' उनले भने, 'राजा वीरेन्द्रको हत्यापछि राजा बनेका ज्ञानेन्द्रलाई नेपालका सबै राजनीतिक पार्टीहरूले स्वीकारेकै थिए।' 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad