राजनीति


गोकुल बाँस्कोटाको प्रश्न : माओवादीले गणतन्त्रको विकल्प खोजेको हो?

गोकुल बाँस्कोटाको प्रश्न : माओवादीले गणतन्त्रको विकल्प खोजेको हो?

नेपालखबर
फागुन ११, २०८१ आइतबार १५:४५, काठमाडौँ

नेकपा (एमाले)का सांसद गोकुल बास्कोटाले लोकतान्त्रिक गणतन्त्रको विकल्प नभएको बताएका छन्। प्रतिनिधिसभाको आइतबारको बैठकमा बोल्दै सांसद बास्कोटाले माओवादीले लोकतान्त्रिक गणतन्त्रको विकल्प खोजेको हो? भन्दै प्रश्न गरेका हुन्।  

‘के प्रमुख प्रतिपक्षले लोकतान्त्रिक गणतन्त्रको विकल्प खोजेको हो ? बामपन्थी र दक्षिणपन्थी विचार बोक्नेको एउटै चुल्हो बलेको हो ?,' उनले सोधे, 'सहमति त्यसमा हो या गर्नुहोला त्यो चुल्होमा कहिल्यै राजतन्त्र फर्काउने, गाण्तन्त्र मास्ने खिचडी एक पाक्दैन, दुई पाक्दैन तीन पाक्दैन। भ्रममा नरहनुहोला।’

उनले माओवादी केन्द्र समाजवादी यात्रामा हो कि दक्षिणपन्थी यात्रामा आफ्नो कित्ता क्लियर गर्नुपर्ने बताए।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad