राजनीति


सहकारीको रकम ठगी गर्नेको सम्पत्ति रोक्का गरी पीडितलाई फिर्ता गर्न प्रस्ताव

सहकारीको रकम ठगी गर्नेको सम्पत्ति रोक्का गरी पीडितलाई फिर्ता गर्न प्रस्ताव

नेपालखबर
फागुन ११, २०८१ आइतबार १४:३, काठमाडौँ

राष्ट्रियसभामा नेकपा एमाले सांसद रुक्मिणी कोइरालाले सहकारीको रकम ठगी गर्नेहरुको सम्पत्ति रोक्का गरी पीडितलाई फिर्ता गराउनुपर्ने प्रस्ताव गरेकी छन्। आइतबार राष्ट्रियसभाको बैठकलाई सम्बोधन गर्दै उनले यस्तो प्रस्ताव गरेकी हुन्। 

‘सहकारीलाई बद्नाम गर्न, देशव्यापी रुपमा सहकारी अनियमितता र सहकारी ठगहरुको सञ्जाल सल्बलाएको छ। पीडितहरु अहिले पनि आन्दोलनमा छन्। अब जसले सहकारी ठगेको हो, उसको सम्पती रोक्का गरी पीडितलाई रकम फिर्ता गराउनुपर्छ,' उनले भनिन्, 'त्यसैले सहकारी कानून बनाउनका लागि अपरिहार्य छ। भूमिसम्बन्धी अध्यादेशमा भूमिहिन दलित तथा भूमिहिन सुकुम्वासीलाई जोखिम हुने ठाउँबाट अन्यत्रै बसोवासको व्यवस्था मिलाउने गरी आएको छ।’ 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad