कारोबार


सीजी इलेक्ट्रोनिक्सले गर्‍यो ‘लेभल अप’ डिलरमिट

विभिन्न सीजी मेरिडिया उत्पादनहरू लन्च
सीजी इलेक्ट्रोनिक्सले गर्‍यो ‘लेभल अप’ डिलरमिट

नेपालखबर
फागुन ११, २०८१ आइतबार १४:९, काठमाडौँ

सीजी ग्रुपअन्तर्गतको सीजी इलेक्ट्रोनिक्सले पूर्वी नेपालमा डिलरमिट कार्यक्रम गरेको छ। 

कम्पनीले सीजी मेरिडिया लेभल अप विषयवस्तुमा आधारित डिलरमिट विराटचोकमा रहेको होटल नेपालीरिकामा गरेको हो। 

सो कार्यक्रम नवप्रवर्तनमा केन्द्रिरत रहेको थियो भने सर्लाहीदेखि काँकडभिट्टासम्मका डिलरहरुले व्यावसायिक रणनीति, नयाँ उत्पादन सुरुवात र बजार प्रवृत्तिबारे छलफल गरेका थिए। 

कम्पनीका प्रबन्धनिर्देशक निर्वाण चौधरीले कार्यक्रमलाई सम्बोधन गरेका थिए। 

उनले इलेक्ट्रोनिक्स बजारमा वृद्धि र सफलताका लागि साझेदारी र सहकार्यमा जोड दिँदै नवप्रवर्तन र ग्राहक सन्तुष्टि कम्पनीको पहिलो प्राथमिकता र प्रतिबद्धता भएको उल्लेख गरे। 

अन्य सहभागीहरुले सीजीको उत्पादन लाइनअपमा भएका पछिल्ला प्रगतिबारे छलफल गरेको कम्पनीले जनाएको छ। 

कार्यक्रमकै दौडान कम्पनीले सीजी मेरिडियाको क्युलेड प्लस १०० इन्च टिभी, ५५ इन्च टिभी, ८ केजीको सीजी मेरिडिया नाइट सिरिज डीडी मोटर वासिङ मेसिन, इन्भर्टर सिरिज १ टन, १.५ टन एयर कन्डिसनर, ३० लिटर कन्भेक्सन माइक्रोवेभ ओभन र ३५ लिटर कन्भेक्सन विथ रोटेसरी माइक्रोवेभ ओभनको आधिकारिक लन्च समेत गरिएको थियो। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad