राजनीति


रिंकु सदा बलात्कारपछि हत्या प्रकरण : सरकारले जवाफ नदिए संसद्‌मै आन्दोलन गर्ने सांसदको चेतावनी

रिंकु सदा बलात्कारपछि हत्या प्रकरण : सरकारले जवाफ नदिए संसद्‌मै आन्दोलन गर्ने सांसदको चेतावनी

नेपालखबर
फागुन ११, २०८१ आइतबार १३:५५, काठमाडौँ

राष्ट्रियसभामा नेकपा (माओवादी केन्द्र) का सांसद राधेश्याम पासवानले सिरहाको नवराजपुरमा भएको सामुहिक बलात्कारपछि हत्या प्रकरणमा सरकारले जवाफ नदिए संसदमै आन्दोलन गर्ने चेतावनी दिएका छन्। 

आइतबारको बैठकमा बोल्दै उनले बलात्कारपछि हत्या भएको १५ दिन भइसक्दासमेत सरकारले कुनै जवाफ नदिएको र अपराधी पक्राउ नपरेको भन्दै आपत्ति जनाउँदै आन्दोलन गर्ने चेतावनी दिएका हुन्।  

‘संसद्‌मा उठाएका कुराहरुको कार्यान्वयन हुँदैन भने जनतालाई हामीले के भन्ने? पटक पटक कुरा उठाइयो । सिरहा जिल्लाको नवराजपुरको घटनाको विषयमा १५ दिन भइसक्यो । बलात्कारको घटना भएको । अहिलेसम्म सरकारले संसद्‌मा आएर जवाफ दिएको छैन, ' उनले भने, 'न अहिलेसम्म प्रहरीले समात्न सकेको छ। जवाफ दिइएन भने आजदेखि म संसद्‌मै आन्दोलन गर्छु। दलित हक अधिकारको लागि आन्दोलन गर्छु।’

उनले सरकारले नसुने दलित हक अधिकारको लागि आन्दोलन गर्ने पनि बताए। सिरहाको नवराजपुर गाउँपालिका–१ भगवतीपुरकी १७ वर्षीया किशोरी रिंककुमारी सदाको सामुहिक बलात्कारपछि हत्या भएको थियो। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad