कला


‘गाजलु ती ठूला ठूला आँखा’ गजल गाएका गुलाम अलीले ललितपुरमा प्रस्तुति दिने

‘गाजलु ती ठूला ठूला आँखा’ गजल गाएका गुलाम अलीले ललितपुरमा प्रस्तुति दिने

नेपालखबर
फागुन ११, २०८१ आइतबार १३:५७, काठमाडौँ

चर्चित पाकिस्तानी गजलकार गुलाम अली नेपालमा गुञ्जने भएका छन्।

आगामी चैत २ गते शनिबार ललितपुरको पुल्चोकस्थित प्लाजामा ‘गुलाम अली थ्री जनेरेसन अन वन स्टेज’ कार्यक्रममा उनले प्रस्तुति दिने भएका हुन्। 

शनिबार आयोजक साधना कला केन्द्रले काठमाडौँमा पत्रकार सम्मेलन गरी उक्त जानकारी दिएको हो।

करिब ३ घण्टासम्म चल्ने कार्यक्रममा उनले गजलप्रेमीलाई मन्त्रमुग्ध बनाउने छन्।

साधना कला केन्द्रका सञ्चालक मिलन मोक्तानले गजलकार गुलाम अलीको डिमान्डअनुसार नै नेपालमा कार्यक्रम आयोजना गर्न लागिएको बताए।

कार्यक्रमका लागि गुलाम अलीसहित ११ जनाको टिम फागुन २९ गते नेपाल आइपुग्नेछ।

उनले ‘गाजलु ती ठूला ठूला आँखा’लगायतका ४ नेपाली गीतसहित दर्जनौँ हिन्दी गीत स्रोतामाझ पस्कने छन्।

आयोजक मोक्तानको टिमले पहिलोपटक गुलाम अलीको तीन पुस्तालाई एउटै मञ्चमा उर्तान लागेको बताएको छ।

गुलाम अलीसँगै उनका छोरा अमिर गुलाम अली र नाति नाजिर गुलाम अलीले पनि नेपाल दर्शक-स्रोतालाई आफ्नो स्वरमा मन्त्रमुग्ध पार्ने आयोजकको भनाइ छ। 

सोही कार्यक्रममा वरिष्ठ गीतकार तथा संगीतकार दीपक जंगमलाई विशेष सम्मानसमेत गरिनेछ।

गीतकार तथा संगीतकार जंगमले गुलाम अलीका चार गीतमा शब्द रचना तथा संगीत दिएका छन्।

साधना कला केन्द्रका सञ्चालक तथा यो कार्यक्रमका आयोजक मिलन मोक्तानले गुलाम अलीको कार्यक्रममा टिकटबाट संकलित रकमको केही प्रतिशत गायन र नृत्यमा लागिरहेका बालबालिकालाई १ वर्षको छात्रवृत्ति प्रदान गरिने बताए।

कार्यक्रमको टिकट मूल्य ५ हजारदेखि २ लाख रुपैयाँसम्म राखिएको छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad