ad ad

राजनीति


नाकामा अलपत्र परेकालाई ल्याएर क्वारेन्टिनमा राख्ने सुदूरपश्चिम सरकारको निर्णय

नाकामा अलपत्र परेकालाई ल्याएर क्वारेन्टिनमा राख्ने सुदूरपश्चिम सरकारको निर्णय

नेपालखबर
चैत ११, २०७६ मंगलबार १०:४२,

नेपाल भारत सीमा क्षेत्र गौरीफन्टा क्षेत्रमा अलपत्र परेका सयौं नेपालीहरु प्रवेश गर्न दिइने भएको छ।

सुदूरपश्चिम प्रदेशको मन्त्रिपरिषद बैठकपछि सामाजिक विकासमन्त्री कृष्णराज सुवेदीले सीमामा अलपत्र रहेकाहरुको लगत राख्दै नेपाल प्रवेश दिइने बताएका हुन्। उनले संघीय सरकारले लागत राखेर सम्बन्धित जिल्ला अधिकारीलाई बुझाउन निर्देशनसहितको पत्र पठाइएको जानकारी दिए।

‘भारतबाट आएका सीमा नाकामा अलपत्र परेकालाई सम्बन्धित जिल्लामा पठाउनका लागि संघीय सरकारले लगत राखेर सम्बन्धित जिल्लाको प्रमुख जिल्ला अधिकारीलाई बुझाउनु भन्ने संघीय सरकारको पत्र प्राप्त भएको छ,’ उनले भने।

ती नेपालीहरुलाई क्वारेन्टिनमा राखिने समेत उनले जानकारी दिए।

सरकारले मंगलबार बिहानदेखि नेपालभर लकडाउन गरेपछि भारतबाट यो नाका हुँदै आएका करिब एक हजार जना नेपाली अलपत्र परेका थिए। प्रदेश सरकारले संघीय सरकारलाई उनीहरुको व्यवस्थापन कसरी गर्ने भनि जवाफ मागेको थियो।

त्रिनगर नाकामा १९ जिल्लाका मान्छेहरु रहेको र उनीहरुको लगत भएसँगै सम्बन्धित जिल्लामा पठाउने सुदूरपश्चिम सरकार र स्थानीय प्रशासनले तयारी गरिरहेको उनले बताए।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .