ad ad

समाज


‘लकडाउन’ पालना गराउन प्रदेश २ मा सेना परिचालन

‘लकडाउन’ पालना गराउन प्रदेश २ मा सेना परिचालन

शैलेन्द्र महतो
चैत ११, २०७६ मंगलबार १०:५४,

‘लकडाउन’को पूर्णरुपमा पालना गराउन प्रदेश २ को आठवटै जिल्लामा नेपाली सेनासहित तीनवटै सुरक्षा निकाय परिचालन गरिएको छ।

विश्वभर महामारीका रुपमा फैलिरहेको कोरोना भाइरस (कोभिड १९) को संक्रमण रोक्न नेपाल सरकारले मंगलबारदेखि एक सताको लागि गरेको ‘लकडाउन’ पालना गराउन प्रदेश २ मा तीन वटै सुरक्षा निकाय परिचालन गरिएको हो।

प्रदेश २ का जिल्लाहरुमा लकडाउनको उलंघन हुन थालेपछि जिल्ला भरिका सबै नेपाली सेना, नेपाल प्रहरी, सशस्त्र प्रहरी परिचालन गरिएको हो। त्यस्तै लकडाउनमा गुप्तचर निकायलाई पनि परिचालन गरिएको छ।

तीनवटै सुरक्षा निकायले समन्वय गरी ‘लक डाउन’ पूर्ण पालना गराउन थालेको हो। धनुषा जिल्ला भरि ७–७ सयको संख्यामा नेपाल प्रहरी, सशस्त्र प्रहरी र नेपाली सेना परिचालन भएको धनुषाका प्रमुख जिल्ला अधिकारी कोषहरि निरौलाले जानकारी दिए।

यस्तै सिरहामा ८ सय नेपाल प्रहरी, तीन सय सशस्त्र प्रहरी, झण्डै २ सयको संख्यामा नेपाली सेना र अनुसन्धान प्रहरी परिचालन भएको जिल्ला प्रशासन कार्यालय सिरहाका प्रवक्ता एवं प्रशासकीय अधिकृत कमल आचार्यले जानकारी दिए। उनका अनुसार सिरहाको लहान, मिर्चैया, चोहर्वा, गोल बजार, बन्दीपुर लगायतको ठाउँहरुमा नेपाली सेनाको टोली परिचालन भएको छ।

‘पूर्व पश्चिम राजमार्गमा सवारीसाधनसहित लकडाउनको अवज्ञा हुने गरेकोले जिल्ला सुरक्षा समितिको बैठकको निर्णय अनुसार राजमार्गमा नेपाली सेनाको टोलीले गस्ती गरिहेका छन्’ उनले भने।

यस्तै सप्तरी, महोत्तरी, सर्लाही, रौतहट, बारा र पर्सामामा पनि तीन वटै सुरक्षा निकायले आपसी समन्वय गरी लकडाउनलाई पालना गराउने काममा सक्रिय छन्।

आठवटै जिल्लामा ३५ सयको संख्यामा सशस्त्र प्रहरी परिचालन भएको सशस्त्र प्रहरी प्रमुख प्रदेश २ का डीआईजी राजु अर्यालले बताए।

‘हामी तीनै सुरक्षा निकाय आपसी समन्वयमा लकडाउन पालना गराउन खटिएका छौं’ डीआईजी अर्यालले भने, ‘जिल्ला –जिल्लामा जिल्ला सुरक्षा समितिको बैठक अनुसार चारै निकाय परिचालन भएको छ।’

प्रदेश २ को ८ वटै जिल्लामा ८ हजार भन्दा बढीको संख्यामा नेपाल प्रहरी परिचालन भएको छ। ‘प्रदेश भरिमा ८ हजारभन्दा बढी संख्यामा नेपाल प्रहरी लकडाउन पालना गराउन परिचालन भएको छ। प्रदेश प्रहरी कार्यालय प्रदेश २ का प्रवक्ता जयराज सापकोटाले भने, ‘तीनै सुरक्षा निकाय आपसी समन्वय र प्रत्येक जिल्लामा सुरक्षा समितिको बैठक अनुसार खटिएका छन्।’

सरकारले आवश्यकतानुसार सेना पनि खटिने निर्णय गरेपछि प्रदेश २ मा सेना पनि सडकमा ओलिएको हो।

 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .