राजनीति


माधव नेपालको राजनीतिक प्रतिवेदन पारित

माधव नेपालको राजनीतिक प्रतिवेदन पारित

नेपालखबर
फागुन ११, २०८१ आइतबार ५:३४, काठमाडौँ

नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी) को केन्द्रीय कमिटीको पूर्ण बैठकले पार्टी अध्यक्ष माधवकुमार नेपालको राजनीतिक प्रतिवेदन पारित गरेको छ।

यही फागुन ९ र १० गते नेपाल प्रशासनिक प्रशिक्षण प्रतिष्ठानमा बसेको बैठकले अध्यक्ष नेपालको प्रतिवेदनमा केन्द्रीय सदस्यको सुझाव समावेश गरी परिमार्जनसहित पारित गरेको हो। 

पार्टी नियमावली, विनियम, निर्देशिका, आचारसंहिता, पार्टीको दशौँ राष्ट्रिय महाधिवेशनको समीक्षा, आन्दोलनद्वारा पार्टी निर्माणसम्बन्धी आगामी कार्ययोजना, संसद्मा प्रस्तुत अध्यादेश र समसामयिक प्रस्तावहरू अनुमोदन गर्दै बैठक सम्पन्न गरिएको केन्द्रीय प्रचार विभाग उपप्रमुख दामोदर अर्यालले जानकारी दिए।

पार्टी परित्याग गरी अन्य दलमा गएका नेताहरूलाई फर्कन आह्वान गरेको बैठकले समाजवादको पक्षमा रहेका शक्तिलाई एकताबद्ध गर्न पार्टीले भूमिका निर्वाह गर्नेलगायत निर्णय गरेको छ। 

जिल्ला, प्रदेश तथा जनसङ्गठनका अधिवेशन निर्धारित समयभित्र सम्पन्न गर्न निर्देशन दिएको बैठकले निजी स्वार्थ परित्याग गरी सामूहिक हित एवं राष्ट्र, राष्ट्रियता, देश, जनता र श्रमजीवी वर्गको सेवामा समर्पित हुन दृढताका साथ काम गर्नुपर्नेलगायत १३ बुँदे आचारसंहिता पारित गरेको छ।

बैठकले महासचिव घनश्याम भुसालको मुलुकको अर्थ राजनीतिक सङ्कट र त्यसको समाधानसम्बन्धी अभियान केन्द्रीय सदस्यको सुझावसहित अनुमोदन गरेको छ। 

अभियानअन्तर्गत देशभर सभा, सम्मेलन साथै सङ्गठन सुदृढीकरण गरी साधरण तथा सङ्गठित सदस्य विस्तार गर्ने कार्यक्रम छन्। मुलुकको समसामयिक राजनीतिक विषयवस्तु तथा अन्तरराष्ट्रिय राजनीतिक परिस्थितिबारे समेत बैठकमा समीक्षा भएको थियो। रासस

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad