प्रधानमन्त्री केपी शर्मा ओलीले पत्नी राधिका शाक्य नभएको भए आफू अहिलेसम्म बाँच्न सम्भव नभएको बताएका छन्।
शनिबार प्रथम महिला राधिका शाक्यको आत्मकथा करुणाको लोकार्पण समारोहलाई सम्बोधन गर्दै उनले यस्तो बताएका हुन्।
उनले भने, ‘म जति श्रीमतीसँग खुशी मान्छे कोही पनि छैन होला सायद। म त्यति खुशी छु। राधिका नहुने हो भने म अहिलेसम्म बाँच्न वास्तवमा सम्भव थिएन।’
प्रधानमन्त्री ओलीले भक्तपुरको बालकोटमा रहेको घर आफ्नो बलबुँताले बनाएको नभइ श्रीमती राधिकाको कमाईबाट बनाएको बताए।
उनले उक्त घर पनि नेपाल ट्रस्टलाई दान गरिसकेको बताए। उनले आफूजति श्रीमतीसँग खुशी मानिस अर्को सायदै हुने बताए।
प्रधानमन्त्री ओलीले भने, ‘अहिले घरको जुन चर्चा गर्दछन् त्यो राधिका शाक्यले बनाएको हो। मेरो बुताले, मेरा हुतीले होइन। त्यो घर पनि ट्रस्टलाई दान गरिसकेको छ। मेरो कमाई दान गरेको होइन, उनकै कमाइ दान गरेको हो।’
Shares

प्रतिक्रिया