जङ्गीअड्डामा बिहीबारदेखि सुरु भएको पृतनापति समन्वयात्मक बैठक आज सम्पन्न भएको छ। बैठकमा वर्तमान सुरक्षा परिस्थितिको विश्लेषण, तालिमको समीक्षा, बन्दोबस्ती पक्षलगायत विविध विषयमा छलफल भएको थियो।
बैठकको समापनसत्रलाई सम्बोधन गर्दै प्रधानसेनापति अशोकराज सिग्देलले सकल दर्जाको सामूहिक भावना तथा एकतामा जोड दिए। उनले नेपाली सेनाको व्यावसायिकता अभिवृद्धि गर्दै देश र जनताको सेनाप्रतिको अपेक्षा पूरा गर्न सकल दर्जाले जिम्मेवार भई काम गर्नुपर्ने बताए।
63
Shares

प्रतिक्रिया