राजनीति


स्मार्ट सिटी र नयाँ सहरकाे काम सरकारले क्रमिक रूपमा अघि बढाउँछ : उपप्रधानमन्त्री सिंह

स्मार्ट सिटी र नयाँ सहरकाे काम सरकारले क्रमिक रूपमा अघि बढाउँछ : उपप्रधानमन्त्री सिंह

नेपालखबर
फागुन ९, २०८१ शुक्रबार २०:४, काठमाडौँ

उपप्रधानमन्त्री एवं शहरी विकास मन्त्री प्रकाशमान सिंहले सरकारले स्मार्ट सिटी र नयाँ शहरकाे काम क्रमिक रूपमा अघि बढाउने बताएका छन्। कैलालीकाे टिकापुरमा रहेकाे  वीरेन्द्र विद्यामन्दीरकाे स्वर्ण महाेत्सवकाे उद्घाटन गर्दै उनले यस्तो बताएका हुन्। 

उपप्रधानमन्त्री सिंहले टिकापुरलाई स्मार्ट सिटिका रूपमा विकास गर्ने काम अघि बढिसकेकाे भन्दै सरकारले घाेषणा गरेका स्मार्ट सिटी र नयाँ सहरकाे काम अब क्रमिक रूपमा अगाडि बढ्ने बताए। त्यस्तै, टिकापुर शैक्षिक शहरका रूपमा विकसित भएकाेमा खुसी व्यक्त गर्दै उनले अब शिक्षालाई सीपसँग जाेडनुपर्नेमा जाेड दिए। 

उनले विद्यार्थीकाे शैक्षिकसँगै उनीहरूकाे रुचिकाे क्षेत्रमा पनि प्रेरित गरेर शिक्षाकाे गुणस्तरसँगै समग्र व्यक्तित्व विकासमा ध्यान दिन आग्रह गरे। 

'यहाँबाट उत्तिर्ण भएर जाने विद्यार्थीहरूले देशलाई, समाजलाई याेगदान गर्न सक्ने बनाउन शिक्षकहरूले विशेष ध्यान दिनुपर्छ,' उपप्रधानमन्त्री सिंहले भने, 'शैक्षिक सर्टिफिकेटसँगै केही न केही सिपकाे सर्टिफिकेट भयाे भने आगामी दिन सहज हुन्छ । विद्यार्थीकाे समग्र विकासमै अब  जाेड  दिनुपर्छ।´

त्यस्तै उनले विद्यार्थीहरूले पाठ्यक्रम सँगै राजनीतिक, सामाजिक, आर्थिक विषयमा चासाे राख्नुपर्ने बताए। समाजमा देखिएका बेथितिबारे चासाे राखेर समाधानका लागि पनि विद्यार्थीहरूले याेगदान गर्न भूमिका खेल्ने उपप्रधानमन्त्री सिंहले विश्वास व्यक्त गरे।  

विरेन्द्र विद्या मन्दिरले विगतदेखि नै गुणस्तरीय शिक्षा प्रदान गरिरहेकाे भन्दै उपप्रधानमन्त्री सिंहले प्रशंसा पनि गरे। 

अध्ययन गरेका विद्यार्थीहरूले अहिले विभिन्न क्षेत्रमा याेगदान गरिरहेकाे भन्दै विद्यालयले दिएकाे असल शिक्षाकै कारण त्याे सम्भव भएकाे भन्दै आगामी दिनमा अझ राम्राे गर्न आग्रह गरे। 

स्वर्ण महाेत्सवका अवसरमा विद्यामन्दीरबाट अध्ययन गरी समाजका विविध क्षेत्रमा याेगदान गरिरहेका व्यक्तित्वहरूलाई सम्मान गरिएकाे थियाे। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad