नेकपा माओवादी केन्द्रका केन्द्रीय सदस्य सुदन किराँतीले पार्टीभित्र राजा बन्ने प्रवृत्ति बढ्दै जाँदा सहिदको अपमान हुन थालेको बताएका छन्।
बिहीबार उदयपुर चौदन्डीगढी नगरपालिकामा पार्टीको सहिद सप्ताहअन्तर्गतको कार्यक्रमलाई सम्बोधन गर्दै किराँतीले सहिद र इमान्दार कार्यकर्तामाथि अपमान भइरहेको बताएका हुन्।
'हाम्रो राजा बन्ने चरित्रले सहिदको अपमान हुँदैछ। हजारौं सहिदको बलिदानबाट प्राप्त गणतन्त्रमा श्रीपेच लगाउने राजा छैन तर टोपी लगाउने राजाहरूको चरित्रले सहिदको अपमान भएको छ,' उनले भने, 'हामी जस्तो इमान्दार कायकर्तालाई जीउन ज्यादै गाह्रो भएको छ।'
लोकतन्त्रमा विधि र विधानको हुर्मत लिने व्यक्तिले नै सरकारको नेतृत्व गरिरहेको भन्दै उनले प्रधानमन्त्री केपी शर्मा ओलीमाथि कटाक्ष गरे।
'लोकतन्त्रमा विधि र विधानको हुर्मत लिएर नैतिकताको न सम्म नराखी सरकारको नेतृत्व गर्ने नेताले नागो नाँच नाचिरहेको छ,' उनले भने।
Shares

प्रतिक्रिया