ad ad

राजनीति


‘लकडाउन’ अवधिका लागि यी हुन् सरकारले जारी गरेका ८ आदेश

‘लकडाउन’ अवधिका लागि यी हुन् सरकारले जारी गरेका ८ आदेश

नेपालखबर
चैत ११, २०७६ मंगलबार १:२२,

देशैभर कोरोना भाइरस (कोभिड १९)को संक्रमण फैलिने खतरा बढ्दै गएपछि सरकारले आज (मंगलबार) बिहान ६ बजेदेखि देशव्यापी बन्द अर्थात् लकडाउन गरी आठ आदेश जारी गरेको छ।

संक्रामक रोग ऐन २०२० को दफा २ ले दिएको अधिकार प्रयोग गरी जारी गरिएको आदेशमा नागरिकले के गर्न हुने के नहुने विषय उल्लेख गरिएका छन्।

आज चैत ११ गते बिहान ६ बजे देखि १८ गते बिहान ६ बजेसम्म लागू हुने गरी सरकारले जारी गरेका ८ आदेश यस्ता छन् : 
१. औषधि उपचार, खाद्य वस्तु खरिद जस्ता अत्यावश्यक काममा बाहेक नै पनि व्यक्ति घरबाट बाहिर ननिस्कने

२. अनुमतिप्राप्त सवारी साधन स्वास्थ्यकर्मी, सुरक्षा निकायले प्रयोग गर्ने बाहेक सबै प्रकारका सार्वजनिक वा निजी यात्रुवाहका सवारी साधन संचालनमा पूर्ण रोक लगाउने

३. सुरक्षा निकायबाट प्रयोग हुने वायुयान र तोकिएका अन्य उडानहरू बाहेक अन्य सबै आन्तरिक व्यवसायिक उडानहरु बन्द गर्ने

४. स्वास्थ्य, सुरक्षा, खाद्यवस्तु, खानेपानी, दुध, विद्युत, दूरसञ्चार सूचना तथा संचार, भन्सार, क्वारेन्टाइन, फोहोरमैला व्यवस्थापन जस्ता अति आवश्यक सेवाबाहेक अन्य कार्यालय संचालनको लागि आवश्यक पर्ने कर्मचारी मात्र उपस्थित हुने व्यवस्था गरी अन्य कर्मचारीहरुलाई आवश्यक परेको बखत तत्काल उपस्थित हुने गरी सम्बन्धित कार्यालय प्रमुखले विदा दिने

५. औषधि तथा स्वास्थ्य उपकरण, खाद्यवस्तु, खानेपानी, दूध, इन्धन उत्पादन गर्ने उद्योगहरु बाहेक निजी क्षेत्रबाट संचालित अन्य उद्योग कलकारखानाहरुमा काम गर्ने श्रमिक, कर्मचारीहरुलाई सम्बन्धित उद्योगले विदा दिने व्यवस्था मिलाउने

६. व्यवसायीहरुले औषधि र औषधिजन्य सामग्रीहरुको नियमित आपूर्तिको व्यवस्था गर्ने। अभाव देखाई मूल्य वृद्धि गर्ने वा कालाबजारी, जम्माखोरी गर्ने वा लुकाउने वा आपूर्तिमा अवरोध गर्ने व्यक्तिलाई प्रचलित कानुनबमोजिम नियन्त्रणमा लिने सामग्री जफत गरी रोगको रोकथाम र उपचारको कार्यमा उपयोग गर्ने।

७. संक्रामक रोग ऐन, २०२० को दफा २ को उपदफा २ बमोजिम जारी यस आदेशको कार्यान्वयन गर्नको लागि आवश्यक व्यवस्था मिलाउने

८. संक्रामक रोग ऐन, २०२० अन्तर्गत जारी आदेशको अपहेलना गर्ने वा काममा बाधा पुर्याउने व्यक्तिलाई सोही ऐनबमोजिम सजाय हुने।

याे पनि : 

आज बिहानैदेखि पूरै देश बन्द, अब १ हप्तासम्म घरबाट बाहिर निस्कन नपाइने

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .