राजनीति


मुख्य सचिव ‘ज्येष्ठ’ लाई होइन, योग्यलाईः जनार्दन शर्मा

मुख्य सचिव ‘ज्येष्ठ’ लाई होइन, योग्यलाईः जनार्दन शर्मा

नेपालखबर
असार २०, २०७६ शुक्रबार ८:३१,

सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का नेता जनार्दन शर्माले ज्येष्ठ सचिवलाई मुख्य सचिव नियुक्त गर्ने सरकारको प्रस्तावप्रति आपत्ति जनाएका छन्।

पूर्व गृहमन्त्री समेत रहेका नेता शर्माले योग्यतम सचिवलाई मुख्य सचिव बनाउन पनि सरकारलाई सचेत गराए।

शुक्रबार संघीय संसदको राज्य व्यवस्था तथा सुशासन समितिको बैठकमा ‘संघीय निजामती सेवाको गठन, संचालन र सेवाको सर्त सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक’ माथिको छलफलमा भाग लिँदै उनले मुख्य सचिव करारमा नियुक्त गर्नुपर्ने आफ्नो अडान पनि दोहो-याए। नेता शर्माले ज्येष्ठ सचिवलाई नै मुख्य सचिव बनाउन बाध्य पार्ने कानुनी व्यवस्था आफूलाई मान्य नहुने पनि स्पष्ट पारे।

नेता शर्माले ज्येष्ठ सचिव सक्षम नहुन पनि सक्ने उल्लेख गर्दै उसैलाई मुख्य सचिव बनाउने कानुनी प्रावधान स्विकार गर्न नसकिने पनि बताए।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad