राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सांसद विन्दवासिनी कंसाकारले जलन उपचार केन्द्र स्थापना गर्न माग गरेकी छन्। आजको प्रतिनिधिसभाको आकस्मिक समयमा उनले आफूले सात महिनाअघि दर्ता गरेको जलन सम्बन्धी गैरसरकारी विधेयक पारित गर्न माग गरिन्।
वर्षौं ६० देखि ६५ हजार नागरिक जलनपीडित हुने गरेको उनले बताइन्। उनले शनिबार पोखरामा बेलुन पड्कँदा घाइते भएका उपप्रधानमन्त्री तथा अर्थमन्त्री विष्णु पौडेल र पोखरा महानगरपालिकाका मेयर धनराज आचार्यको स्वास्थ्य लाभको कामना गरिन्।
24
Shares

प्रतिक्रिया