राजनीति


राष्ट्रपतिले बर्न अस्पतालमा पुगेर लिए अर्थमन्त्री पौडेलको स्वास्थ्य अवस्थाबारे जानकारी

राष्ट्रपतिले बर्न अस्पतालमा पुगेर लिए अर्थमन्त्री पौडेलको स्वास्थ्य अवस्थाबारे जानकारी

नेपालखबर
फागुन ४, २०८१ आइतबार ११:१८, काठमाडौँ

राष्ट्रपति रामचन्द्र पौडेलले किर्तिपुरस्थित बर्न अस्पतालमा उपचाररत उपप्रधानमन्त्री तथा अर्थमन्त्री विष्णु पौडेलको स्वास्थ्य अवस्थाबारे जानकारी लिएका छन्। 

राष्ट्रपति पौडेल आइतबार बिहान बर्न अस्पताल पुगेर अर्थमन्त्री पौडेल र पोखरा महानगरपालिकाका मेयर धनराज आचार्यको स्वास्थ्य अवस्थाबारे जानकारी लिएका हुन्। 

राष्ट्रपति पौडेलसँगै सभामुख देवराज घिमिरे, स्वास्थ्यमन्त्री प्रदीप पौडेल, सचिव डा.रोशन पोखरेल र हरिप्रसाद मैनाली लगायत पनि मन्त्री पौडेललाई भेट्न अस्पताल पुगेका छन्। 

उनीहरुलाई अस्पतालका निर्देशक किरणकिशोर नकर्मीलगायतका चिकित्सकले मन्त्री पौडेल र मेयर आचार्यको स्वास्थ्य अवस्था र उपचार प्रक्रियाबारे जानकारी गराएका छन्। 

उपप्रधानमन्त्री पौडेल र मेयर आचार्य पोखरामा शनिबार भएको एक कार्यक्रम उदघाटनका क्रममा भएको घटनामा आगो लागेर घाइते भएका थिए। उनीहरुलाई शनिबारै बर्न अस्पतालको आइसियुमा भर्ना गरेर उपचार सुरु गरिएको छ। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad