बागमती


शानदार मम पसलमा आगलागी: मृतकको संख्या ४ पुग्यो, ७ जनाको उपचार जारी

शानदार मम पसलमा आगलागी: मृतकको संख्या ४ पुग्यो, ७ जनाको उपचार जारी

कमलपोखरीस्थित शानदार मम पसल र आगलागीले भित्र भएको क्षतिको तस्बिर


नेपालखबर
फागुन ४, २०८१ आइतबार ११:४०, काठमाडौँ

काठमाडौँको कमलपोखरीस्थित शानदार मम पसलमा गत माघ २३ गते ग्यास लिक भई आगलागी हुँदा घाइते भएका थप एकजनाको मृत्यु भएको छ।

आगलागीमा परी घाइते भई कीर्तिपुरस्थित बर्न अस्पतालमा उपचारत काभ्रेपलाञ्चोक बेथानचोक गाउँपालिका धुनखर्क घर भई हाल काठमाडौँ कमलपोखरी बस्ने २५ वर्षीय छिरिङ लामाको मृत्यु भएको जिल्ला परिसर काठमाडौँका प्रवक्ता एवम् प्रहरी उपरीक्षक अपिलराज बोहोराले जानकारी दिए। 

उनले भने, ‘आगलागीमा परी घाइते भएका लामाको गएराति मृत्यु भएको छ। हाल सात जनाको उपचार भइरहेको छ।’

यसअघि उदयपुरको उदयपुरगढी-७ घर भई हाल काठमाडौँ बस्ने २२ वर्षीय प्रदीप तामाङ, मकवानपुरको मनहरी गाउँपालिका-५ डिल्लीपुरका १८ वर्षीय रविन राई र उदयपुरको कटारी नगरपालिका-८ गालटारका २५ वर्षीय भीमबहादुर घले मगरको उपचारका क्रममा मृत्यु भइसकेको छ। रासस

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad