राजनीति


संविधान संशोधनका लागि कार्यदल बनाउन सत्तापक्षीय दलहरूको बैठक बस्दै

संविधान संशोधनका लागि कार्यदल बनाउन सत्तापक्षीय दलहरूको बैठक बस्दै

फाइल तस्बिर


नेपालखबर
फागुन ३, २०८१ शनिबार ९:१६, काठमाडौँ

संविधान संशोधनका लागि कार्यदल बनाउन आज (शनिबार) सत्तापक्षीय दलहरूको बैठक बस्दै छ।

गृहमन्त्री एवम् कांग्रेस नेता रमेश लेखकका अनुसार बैठक अहिले बिहान ११ बजे प्रधानमन्त्री निवास, बालुवाटारमा बस्ने छ। 

यसअघि शुक्रबार बालुवाटारमै बसेको उच्चस्तरीय राजनीतिक संयन्त्रको बैठकले संविधान संशोधनका लागि कार्यदल बनाउने निर्णय गरेको थियो। 

सो बैठकले शनिबार ११ बजे सत्तापक्षीय नेताहरूको बैठक बस्ने निर्णय गरेको गृहमन्त्री लेखकले जानकारी दिए। 

उनले नेपालखबरसँग भने, ‘संविधान संशोधनका लागि कार्यादल बनाउने कुरा भयो। कार्यदलले देशभरि संयुक्त अन्तर्क्रिया गर्ने कुरा भयो।’

कार्यदलले देशैभरि अन्तर्क्रिया गर्ने निर्णय भएको उनको भनाइ छ। 

सरकारमा नेपाली कांग्रेस, नेकपा एमाले, जनता समाजवादी पार्टी (जसपा) , नागरिक उन्मुक्ति पार्टी, लोकतान्त्रिक समाजवादी पार्टी सहभागी छन् भने जनमत पार्टी र जनता समाजवादी पार्टी, नेपालले सरकारलाई समर्थन गरेका छन्।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad