राजनीति


त्रिवि केन्द्रीय क्याम्पसको स्ववियु सभापतिमा खड्काको स्वतन्त्र उम्मेदवारी घोषणा

त्रिवि केन्द्रीय क्याम्पसको स्ववियु सभापतिमा खड्काको स्वतन्त्र उम्मेदवारी घोषणा

नेपालखबर
फागुन १, २०८१ बिहिबार २०:२७, काठमाडौँ

त्रिभुवन विश्वविद्यालय केन्द्रीय क्याम्पसमा हुने स्ववियु निर्वाचनमा सभापति पदका लागि राजनीतिशास्त्रका विद्यार्थी उज्ज्वल खड्काले स्वतन्त्र रूपमा उम्मेदवारी दिने घोषणा गरेका छन्।

आउने चैत ५ गते हुने स्ववियु निर्वाचनका लागि राजनीतिक पूर्वाग्रहभन्दा बाहिर रही विद्यार्थीका मुद्दामा केन्द्रित रहेर काम गर्ने उद्देश्यले उम्मेदवारी दिन लागेको खड्काले बताएका छन्।

त्रिविको सुधार, शैक्षिक गुणस्तरमा अभिवृद्धि, विद्यार्थीका समस्या समाधानका लागि अग्रपंक्तिमा रहने खड्काको उम्मेदवारी घोषणालाई अर्थपूर्ण रूपमा हेरिएको छ। उनले विद्यार्थीका मुद्दामा निरन्तर आवाज उठाइरहेका छन्।

उम्मेदवारीबारे उनले सामाजिक सञ्जालमा लेखेका छन्, ‘नमस्ते! चैत ५ गते हुने स्ववियु निर्वाचनमा त्रिभुवन विश्वविद्यालय केन्द्रीय क्याम्पसको स्ववियु अध्यक्ष (सभापति) पदमा स्वतन्त्र रहेर उम्मेदवारी दिँदै छु। प्रिय विद्यार्थी साथीहरू त्रिविको सुधारबिना नेपालको उच्च शिक्षा सुधार सम्भव छैन, त्यसकारण दलीयकरणको चपेटामा परेको हाम्रो विश्वविद्यालयलाई ‘एकेडेमिक एक्सिलेन्स’को मार्गमा हिँडाउन तपाईं-हाम्रो सकारात्मक पहलले सकारात्मक परिणाम निस्किनेमा विश्वस्त रहेको छु। अबको केही दिनमा योजना र कार्यक्रमसहित प्रस्तुत हुने जानकारी गराउँदछु।’

उनले दलीय राजनीतिले शिक्षा क्षेत्रमा पारेको नकारात्मक प्रभावबारे स्पष्ट रूपमा धारणा राख्दै स्वतन्त्र उम्मेदवारी दिएको बताएका छन्।

उनले भने, ‘राजनीतिक पूर्वाग्रहका कारण विद्यार्थीहरूको भविष्यमा असर परेको छ, अब दलगत राजनीतिलाई शिक्षण संस्थामा प्रवेश हुन दिनुहुन्न।’

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad